अमेरिकी खोप काठमाडौँ आइपुग्यो, ५० देखि ५४ वर्ष उमेर समूहलाई लगाइने

काठमाडौँ : अमेरिकाबाट सोमबार बिहान १५ लाख ३४ हजार मात्रा कोभिड-१९ विरुद्धको खोप काठमाडौँ ल्याईएको छ । अमेरिकाले अनुदान सहयोग स्वरुप प्रदान गरेको जोन्सन एन्ड जोन्सनको खोप त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल सरकारलाई हस्तान्तरण गरिएको हो । अमेरिकी राजदूत र्यान्डी बेरीले स्वास्थ्य तथा जनसंख्या मन्त्री कृष्णगोपाल श्रेष्ठलाई उक्त खोप हस्तान्तरण गरे ।
अमेरिकी सरकारले कोभ्याक्स कार्यक्रम अन्तर्गत अमेरिकी कम्पनी जोन्सन एन्ड जोन्सनले उत्पादन गरेको खोप नेपाललाई उपलब्ध गराएको हो । ‘एक सट मात्र लगाए पुग्ने जोन्सन एन्ड जोन्सनद्वारा उत्पादित खोप अमेरिकी नागरिकबाट नेपालाई दिइएको उपहार हो । यो सहयोगको कुनै स्वार्थ छैन । यो सहयोगको उदेश्य जीवन बचाउने मात्र हो,’ अमेरिकी राजदूत बेरीले भने ।
अमेरिका आफैँ कोभिड-१९ बाट सर्वाधिक पीडित भएको मुलुक भएकाले आफूहरुले अन्य मुलुकको पनि पीडा बुझ्ने राजदूत बेरीको भनाइ थियो । ‘हामी आफैँले छ लाखभन्दा बढी नागरिकलाई गुमाएका छौँ । कोभिड-१९ ले कति गहिरो पीडा दिएको छ, हामीले बुझेका छौँ । यो भाइरसविरुद्धको लडाइमा पूरै विश्व एक भएर लड्न आवश्यक छ,’ राजदूत बेरीको भनाइ थियो ।
नेपालमा कोभिड-१९ महामारीको नियन्त्रणका लागि अेमरिकाले करिब सात करोड डलर बराबरको सहयोग प्रदान गरिसकेको छ । जुन कुनै पनि मुलुकले नेपाललाई कोभिड-१९ विरुद्ध लड्न गरेको सहयोगमध्ये सबैभन्दा ठूलो भएको अमेरिकी राजदूतावासको भनाइ छ ।
खोप ग्रहण गरेपछि पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै स्वास्थ्यमन्त्री श्रेष्ठले यो खोप प्राथमिकताका आधारमा ५० देखि ५४ वर्षका उमेर समूहलाई लगाइने जानकारी दिए । 'यो खोप कसरी वितरण गर्ने भन्नेमा तयारी गरिरहेका छौँ । यो खोप लगाउने कार्यक्रम चाँडै नै सुरू हुन्छ' श्रेष्ठले भने 'प्राथमिकताका आधारमा ५० देखि ५४ वर्षका उमेर समूहलाई लगाइने छ ।'

यसरी छालालाई वर्षायाममा चमक र रोगमुक्त बनाउन सकिन्छ

गर्मीमा छालालाई जोगाउने पाँच घरेलु उपाय

महाकाली अस्पतालमा विशेषज्ञ सेवा थप

आजदेखि अस्पतालका नियमित सेवा सञ्चाल

साउन १ गतेदेखि स्वास्थ्य बीमाले दुई लाखसम्मको सुविधा दिने स्वास्थ्यमन्त्री पौडेलक…

चिकित्सक आन्दोलनमा, बिरामीलाई सास्ती

युरिक एसिडका बिरामीले के खान हुन्छ, के खान हुँदैन ?

प्रतिक्रिया