आइतबार २१ बैशाख, २०८२
Sunday, May 04, 2025

बाइडेनको घोषणा : ह्वाइट हाउसको संचार टोलीमा महिला मात्र

वासिङ्टन : अमेरिकी राष्ट्रपतिमा नवनिर्वाचित जो बाइडेनले ह्वाइट हाउसको संचार टोलीका सदस्यहरू सबै महिला हुने घोषणा गरेका छन् । पूर्वअमेरिकी राष्ट्रपति बाराक ओबाको प्रशासनमा विदेश मन्त्रालयको प्रवक्ता रहेकी जेन साकीलाई ह्वाइट हाउसको प्रेस सचिव नियुक्त गरिएको हो । 

बाइडेनले आफूले ह्वाइट हाउसको संचार टोलीका सबै सदस्यमा महिलाहरुलाई नियुक्त गर्न पाएकामा आफूलाई निकै खुशी र गर्व लागेको बताएका छन् । सबै योग्य, अनुभवी संचार विज्ञ रहेको बताउँदै उपराष्ट्रपतिमा निर्वाचित कमला ह्यारिसले डेमोक्रेटिक पार्टीको प्रतिवद्धतालाई कामबाटै प्रतिबिम्बित गर्न चाहेको बताएकी छन् ।  

बाइडेनको संचार टोलीको नेतृत्व भने केट बेडिङफिल्डले गर्नेछिन् । उनले ह्वाइट हाउसको संचार निर्देशकको रुपमा भूमिका निर्वाह गर्नेछिन् । बेडिङफिल्डले बाइडेन–ह्यारिस चुनाव प्रचार अभियानको उप प्रचार व्यवस्थापकका रुपमा सेवा गरिसकेकी छन् ।  उनले ह्वाइट हाउसको संचार निर्देशकको रुपमा सेवा गर्ने अवसर प्रदान गरेकोमा बाइडेन र ह्यारिस दुबैलाई धन्यवाद दिएकी छन् । रासस