रूसले भन्यो- म्याक्रोँको सम्बोधन वास्तविकताभन्दा टाढा

मस्को- फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले फ्रान्सको आणविक छातालाई युरोपेली साझेदारसम्म विस्तार गर्ने विषयमा गरेको सम्बोधनको रुसले बिहीबार आलोचना गरेको छ ।
बुधबार फ्रान्सेली राष्ट्रलाई सम्बोधन गर्दै म्याक्रोँले रुसलाई ‘फ्रान्स र युरोपका लागि खतरा’ को संज्ञा दिँदै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नेतृत्वमा युक्रेन द्वन्द्वमा अमेरिकाले आफ्नो अडान परिवर्तन गरेकोमा फ्रान्सेलीहरू ‘वैधानिक रूपमा चिन्तित’ रहेको बताएका थिए ।
“हरेक दिन उहाँले केही न केही वास्तविकताभन्दा टाढा विरोधाभासपूर्ण बयानहरू बनाउनुहुन्छ,” रुसी विदेश मन्त्रालयका प्रवक्ता मारिया जाखारोभाले म्याक्रोँका बारेमा भनेका छन् ।
जाखारोभाले उनलाई हान्स क्रिश्चियन एन्डरसन लोक कथाको सुतेका बच्चाहरूमाथि छाता ओढाउने भूमिकामा रहेका एक पौराणिक पात्र ओले लुकोजेसँग तुलना गरे ।
उनले भने, “मैले यी सबै कुरा सुनेँ, उहाँलाई हेरेँ र उहाँले मलाई पौराणिक पात्र ओले लुकाजेको सम्झना गराउँनुभयो ।”
जर्मनीका चान्सलर फ्रेडरिक मर्जसँग फोनमा भएको कुराकानीपछि म्याक्रोँले फ्रान्सको आणविक निरोधलाई अन्य युरोपेली राष्ट्रमा विस्तार गर्ने विषयमा बहस सुरु गर्ने बताएका छन् । (एएफपी)

ड्रोन र मिसाइल आक्रमणको सामना गर्दै युक्रेन, अन्तर्राष्ट्रिय प्रतिबन्धको माग

गाजामा इन्धन आपूर्ति दोस्रो दिन पनि अपर्याप्त : संयुक्त राष्ट्रसंघ

एक अर्ब ३७ करोडको ब्याग, जो हालै एक जापानीले लिलामीमा लिए

डेढ वर्षमा एक लाख ५० हजार रोहिङ्ग्याले बङ्गलादेशमा शरण लिएको राष्ट्रसंघद्वारा प…

चीनले बनायो प्रतिघण्टा ६०० किमी गुड्ने म्याग्लेभ रेल

म्यान्मारको बौद्ध बिहारमा हवाई आक्रमण, २३ जनाको मृत्यु
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_A3DxqOYBXA_qydzohbuqx6qc3soelnfq5co1vrusc2sapiwh0wix5cuvjp9wu5xfatfdgue_rc0WBSrQ3y_bicqfkfdwtxyo171jxygaxdpb3agvkbbo5beapjhuxwgpi7boltnklxtt48i_KBqAHzumYr_bugauevmqxkps2npfc8nqhpwfag9j8yhyfieqfcbra38ilk0hsuaeztf4uk0_t9faBLRwNW_742rs87t3ywwabovmxnmnrdnfi5eb4r9nx2hwd8lyqqbbzhttsmqelt5r7td.jpg)
पाकिस्तानमा मनसुनको प्रकोप : ९८ जनाको मृत्यु, १८५ भन्दा बढी घाइते

प्रतिक्रिया