पशुपति विकास कोष र काठमाडौं महानगरबीचको सम्झौता खारेज

काठमाडौं- पशुपति क्षेत्र विकास कोष र काठमाडौं महानगरपालिकाबीच धर्मशाला सञ्चालन गर्ने बारेको सम्झौता खारेज भएको छ ।
उच्च अदालत पाटनले सो सम्झौता खारेज गरेपछि गौशाला धर्मशाला सञ्चालनको जिम्मा मारवाडी सेवा समितिले नै पाएको छ । उच्च अदालत पाटनका न्यायाधीशद्वय मुनेन्द्रप्रसाद अवस्थी र हेमन्त रावलको संयुक्त इजलासले धर्मशालाको सञ्चालन मारवाडी सेवा समितिले नै गर्न पाउने फैसला गरेको हो ।
कोषले मारवाडी सेवा समितिसँगको सम्झौता रद्द गरेको थियो । सो विषयमा काठमाडौं जिल्ला अदालतमा मुद्दासमेत चलेको थियो । काठमाडौं जिल्ला अदालतले कोषको पक्षमा फैसला गरेसँगै महानगरसँग अर्को सम्झौता गरिएको थियो । माथिल्लो अदालतमा पुनरावेदन जाने समय बाँकी छँदै कोष र महानगरबीच सम्झौता भएको भन्दै मारवाडी सेवा समितिले आपत्ति जनाउँदै आएको थियो ।
विशेषको फैसलाविरुद्ध आयोग सर्वोच्चमा

रामबहादुर बम्जनको मुद्दा उच्च अदालतले उल्ट्यायो
५ वर्षमा नि टुंगिएन् संवैधानिक निकायका ५२ नियुक्तिको मुद्दा, आज पनि हेर्दाहेर्…
सेनिटरी प्याड खरिदमा भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर
विशेषको फैसलाविरुद्ध अख्तियार पुग्यो सर्वोच्चमा

सुनवाइ नसकिए पछि कुलमान र हितेन्द्रदेवको मुद्दा हेर्दाहेर्दैमा
विशेष अदालतको फैसलाविरुद्ध सर्वोच्चमा पुनरावेदन

प्रतिक्रिया