बाढी प्रभावितलाई यूएई, कुवेत र दक्षिण कोरियामा बस्ने नेपालीको सहयोग

सिन्धुपाल्चोक : सिन्धुपाल्चोक सेवा समाज-यूएई, सिन्धुपाल्चोक समाज-दक्षिण कोरिया र सिन्धुपाल्चोक सेवा समाज-कुवेतले बाढी प्रभावित हेलम्बुवासीलाई राहतस्वरुप आर्थिक सहायता गरेका छन् । यसअघि नै मृतकका परिवार र शैक्षिक संस्थालाई सहयोग गरिएको स्थानीय संयोजक कुमारप्रसाद लामिछानेले जानकारी दिए ।
पूर्ण प्रभावितलाई वडा कार्यालयबाट प्राप्त विवरणअनुसार सहयोग शुरु गरिएको कुवेत संयोजक हरिकृष्ण न्यौपानेले जानकारी दिनुभयो । वडा नं १ का २३, वडा नं २ का ४३, वडा नं ३ का २६ र वडा नं ६ का नौ परिवारलाई रु पाँच/पाँच हजारका दरले सहयोग शुरु गरिएको हो ।
आर्थिक सहायता प्रदान गर्न सिन्धुपाल्चोक समाज दक्षिण कोरियाबाट रु पाँच लाख ४० हजार, सिन्धुपाल्चोक सेवा समाज-दुवईबाट रु एक लाख २६ हजार र सिन्धुपाल्चोक सेवा समाज-कुवेतबाट रु दुई लाख ४० हजार सङ्कलन भएको यूएईका सचिव हरि दुलालले जानकारी दिए ।
वडा नं १ का प्रभावितलाई शनिबार सहयोग हस्तान्तरण गरिएको छ भने वडा नं २ का प्रभावितलाई प्रदान गर्नका लागि वडाध्यक्ष छिरिङग्याल्बु लामालाई रकम हस्तान्तरण गरिएको छ । वडा नं ३ का प्रभावितका लागि प्रदान गर्न वडासदस्य दमैसिं तामाङलाई रकम हस्तान्तरण गरिएको छ । इस्ट पोइन्ट एकेडेमीका प्रधानाध्यापक दामोदर भारतीलाई शनिबार नै सहयोग रकम हस्तान्तरण गरिएको छ । रासस

चितवनको पुँजीगत खर्च ४४ प्रतिशत मात्र

टिपर दुुर्घटनामा चालकको मृत्यु

आगलागीबाट घर जलेर नष्ट

चितवनमा यात्रुका झोला तान्ने, दुःख हैरानी दिने ८० जना पक्राउ
कान्दामा दुई घण्टा बोकेर हाते ट्रयाक्टर गाउँमा

सञ्चालनमा आएको चार दिनमै फेरि हेटौँडा सिमेन्टको उत्पादन बन्द, आर्थिक संकटले उ…

गोदावरीमा जैविक प्रविधिमार्फत पहिरो नियन्त्रण

प्रतिक्रिया