आइतबार २१ बैशाख, २०८२
Sunday, May 04, 2025

बालेनको पुर्ख्यौली घरबाट प्रचण्डको सन्देश : बालेनजी अब हामी सबै मिलेर देश बनाउनु छ

काठमाडौँ- पूर्वप्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहको महोत्तरीस्थित पुर्ख्यौली घर पुगेका छन् ।

बिहीबार बिहान जनतासँग माओवादी तराई–मधेस जागरण अभियानका क्रममा प्रचण्डसहितका नेताहरू मेयर बालेनको एकडारा गाउँपालिकामा रहेको पुर्ख्यौली घरमा पुगेका हुन् ।

उक्त घर हाल गाउँपालिकाले भाडामा प्रयोग गरिरहेको छ । बालेनको पुर्ख्यौली घरमा पुगेर प्रचण्डले भने 'बालेनको बालगायत काकाहरूको घरमा हामी आइपुगेका छौँ । रमाइलो महसुस भएको छ । बालेनजीले पनि सुनिराख्नुभएको होला । हामी सबै मिलेर देश बनाउनु छ ।’