जापानले विश्वको ‘सबैभन्दा सही’ समय दिने घडी बिक्रीमा

टोकियो- विश्वकै ‘सबैभन्दा सही समय’ दिने फराकिलो फ्रिजजस्तै देखिने घडी बुधबार ३३ लाख अमेरिकी डलरमा बिक्रीका लागि राखिएको छ ।
क्योटोस्थित निर्माता कम्पनी शिमाद्जु कर्पोरेसनका अनुसार ‘एथर क्लक ओसी ०२०’ समयका लागि यति सही छ कि यसलाई एक सेकेन्डले विचलित हुन १० अर्ब वर्ष लाग्नेछ ।
‘स्ट्रोन्टियम अप्टिकल ल्याटिस क्लक’ भनेर चिनिने यो घडी सेकेन्ड परिभाषित गर्ने हालको मानक सीजियम आणविक घडीभन्दा १०० गुणा बढी सही भएको शिमादजु कर्पोरेसन ले जनाएको छ ।
‘कभर’सहित करिब एक मिटर (तीन फिट) अग्लो यो घडी मेशिनको आयतन २५० लिटर क्ष्मताको मात्र छ यो अनुसन्धानको क्षेत्रमा पनि प्रयोग गर्न सकिन्छ।
शिमाद्जुले आगामी तीन वर्षमा आफ्ना १० वटा घडी बिक्री गर्ने लक्ष्य राखेको छ । ग्राहकहरूले टेक्टोनिक गतिविधिको अवलोकन जस्ता क्षेत्रहरूमा वैज्ञानिक अनुसन्धानलाई अगाडि बढाउन ती घडीहरू प्रयोग गर्न उपयागी हुने कम्पनीले बताएको छ ।
टोकियोको प्रसिद्ध स्काइ ‘ट्री’मा यसअघि सापेक्षताको सामान्य सिद्धान्तको परीक्षण गर्न अप्टिकल जाली घडीहरू जडान गरिएको थियो । परीक्षणपछि ‘बलियो गुरुत्वाकर्षण भएको ठाउँमा समय बिस्तारै बग्छ’ भन्ने निष्कर्ष निकालिएको थियो । (एएफपी)

ड्रोन र मिसाइल आक्रमणको सामना गर्दै युक्रेन, अन्तर्राष्ट्रिय प्रतिबन्धको माग

गाजामा इन्धन आपूर्ति दोस्रो दिन पनि अपर्याप्त : संयुक्त राष्ट्रसंघ

एक अर्ब ३७ करोडको ब्याग, जो हालै एक जापानीले लिलामीमा लिए

डेढ वर्षमा एक लाख ५० हजार रोहिङ्ग्याले बङ्गलादेशमा शरण लिएको राष्ट्रसंघद्वारा प…

चीनले बनायो प्रतिघण्टा ६०० किमी गुड्ने म्याग्लेभ रेल

म्यान्मारको बौद्ध बिहारमा हवाई आक्रमण, २३ जनाको मृत्यु
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_A3DxqOYBXA_qydzohbuqx6qc3soelnfq5co1vrusc2sapiwh0wix5cuvjp9wu5xfatfdgue_rc0WBSrQ3y_bicqfkfdwtxyo171jxygaxdpb3agvkbbo5beapjhuxwgpi7boltnklxtt48i_KBqAHzumYr_bugauevmqxkps2npfc8nqhpwfag9j8yhyfieqfcbra38ilk0hsuaeztf4uk0_t9faBLRwNW_742rs87t3ywwabovmxnmnrdnfi5eb4r9nx2hwd8lyqqbbzhttsmqelt5r7td.jpg)
पाकिस्तानमा मनसुनको प्रकोप : ९८ जनाको मृत्यु, १८५ भन्दा बढी घाइते

प्रतिक्रिया