५३ वर्षपछि युरोको उपाधि इटलीले जित्यो

काठमाडौँ : युरो २०२० को उपाधि इटालीले जितेको छ । लण्डनस्थित वेम्बली रंगशालामा सोमबार बिहान भएको खेलमा पेनाल्टी सुटआउटमा इङ्ल्याण्डलाई ३-२ गोल अन्तरले हराउँदै इटालीले जितेको हो ।
निर्धारित तथा अतिरिक्त समयको खेल १-१ गोलको बराबरीमा सकिएको थियो । पेनाल्टी सुटआउट भएको हो । सुटआउटमा इटलीका लागि डोमेनिको बेरार्डी, लियोनार्दो बोनुीची र फेडेरिको बर्नाडेसी गोल गरेका थिए । इंग्ल्याण्डका ह्यारी केन र ह्यारी मग्वायरले मात्र गोल गरेका थिए ।
सुटआउटमा इटलीका गोलकिपर जियानलुजी डोनारूम्बाले जाडोन सान्चो र बुकायो शाकाको प्रहार गोल हुनबाट बचाएका थिए ।
५३ वर्षपछि पहिलो पटक युरो जितेको हो । १९६८ मा इटलीले पहिलो पटक युरोको उपाधि जितेको थियो ।

राजेन्द्र केसी स्मृति हिमालयन ब्लिट्ज चेस शनिबार

सन्दीप लामिछानेको सम्मानमा रङ्गशाला बन्दै

अन्ततः शुभम गिलले तोडे विराट कोहलीको कीर्तिमान

इटाली पहिलो पटक टि-२० विश्वकपका लागि छनोट

नेपालको विजयी सुरुवात, भुटान ६-१ गोल अन्तरले पराजित

डेविस कपमा नेपालले भाग लिने

खेलाडी र प्रशिक्षक सम्मानित

प्रतिक्रिया