लगातार तेस्रो दिन नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट

काठमाडौं - यो साता कारोबारको पहिलो दिन उच्च अंकले बढेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा पछिल्लो तीन दिन भने लगातार दोहोरो अङ्कको गिरावट देखिएको छ ।
आज नेप्से परिसूचक २५ दशमलव १६ अङ्कले घटेर दुई हजार आठ सय २१ दशमलव १३ को विन्दुमा कायम भएको हो । तीन सय आठ कम्पनीको दुई करोड ३३ लाख ४३ हजार दुई सय एक कित्ता शेयर एक लाख एक हजार छ सय तीन पटक खरिदबिक्री हुँदा रु १० अर्ब ९७ करोड २६ लाख ५४ हजार चार सय ७३ बराबरको कारोबार भएको छ ।
आजको कारोबारमा व्यापार समूह शून्य दशमलव ४३ प्रतिशतले बढेको छभने अरु सबै समूहको उपसूचक घटेको छ । बैंकिङ एक दशमलव शून्य चार, विकास बैंक एक दशमलव ३१, वित्त एक दशमलव ५५, होटल तथा पर्यटन एक दशमलव शून्य पाँच, जलविद्युत् शून्य दशमलव ३७ र लगानी समूह एक दशमलव २४ प्रतिशतले घटेको छ ।
त्यस्तै, जीवन बिमा एक दशमलव ४५, उत्पादन तथा प्रशोधन शून्य दशमलव ९४, लघुवित्त शून्य दशमलव ५०, म्युचुअल फण्ड शून्य दशमलव १५, निर्जीवन बिमा एक दशमलव ५१ र अन्य समूह शून्य दशमलव ७६ प्रतिशतले घटेको छ ।
समाज लघुवित्त वित्तीय संस्था लिमिटेड र गार्डियन माइक्रोलाइफ इन्स्योरेन्स लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा बढी ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडको शेयर मूल्य छ दशमलव ८४ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा आज सबैभन्दा बढी हिमालयन रिइन्स्योरेन्स लिमिटेडको रु ९६ करोड ७० लाख ९५ हजार बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा सबैभन्दा बढी एनएमबी सुलभ इन्भेष्टमेन्ट फण्ड–२ को ११ लाख १३ हजार तीन सय ३५ कित्ता शेयर किनबेच भएको छ ।

आईपीओ जारी गर्दै पैचो पसल , एनआईसी क्यापिटलसँग सम्झौता

सन नेपालले २७ प्रतिशत हकप्रद सेयर बिक्री गर्ने

सामान्य अंकले घटयो सेयर, कारोबार भने बढयो

पियोर इनर्जीको भोलिदेखि आइपीओ खुल्ने

पियोर इनर्जीको चैत २८ गतेदेखि सर्वसाधारणका लागि आइपीओ खुला हुँदै

विन नेपाल लघुवित्तको आजदेखि खुल्यो एफपीओ

पियोर इनर्जी चैत २८ गतेदेखि आइपीओ बिक्री गर्दै

प्रतिक्रिया