बिहीबार १९ असार, २०८२
Thursday, July 03, 2025

‘झापा विद्रोह’का पाँच सहिदको स्मृतिमा श्रद्धाञ्जली सभा गरिने

काठमाडौं - तत्कालीन ‘झापा विद्रोह’का पाँच सहिदको स्मृति दिवसमा सुखानीमा श्रद्धाञ्जली सभा आयोजना गरिएको छ । 

‘झापा विद्रोह’का क्रममा पक्राउ परेर चन्द्रगढी कारागारमा रहेका रामनाथ दाहाल, नेत्र घिमिरे, वीरेन राजवंशी, कृष्ण कुईकेल र नारायण श्रेष्ठलाई इलाम जेल सार्ने निहुँमा विसं २०२९ फागुन २१ गते झापा र इलामको सिमानास्थित सुखानीको जंगलमा तत्कालीन पञ्चायती शासकहरूले गोली हानी  हत्या गरेका थिए । 

नेपाल कम्युनिस्ट पार्टी एमाले, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका नेता तथा कार्यकर्ताहरूले फरक फरक समयमा सुखानी सहादतस्थलमा सहिदहरूको शालिकमा माल्यार्पण गरेका हुन् । 

सुखानीका सहिदहरूको सम्झनामा नेपालका विभिन्न कम्युनिस्ट पार्टीहरूले ‘फागुन २१’लाई सहिद स्मृति दिवसको रुपमा मनाउँदै आएका छन् ।  झापाको ज्यामिरगढी, सालबारी र गरामनीमा सुखानीका सहिदहरूको शालिक निर्माण गरिएका छन् । 

 सरकारले सुखानीमा जीवनको आहुती दिएका झापा विद्रोहका पाँच योद्धालाई विसं। २०७२ फागुन १९ गते राष्ट्रिय सहिदको रुपमा घोषणा गरेको थियो ।