ट्रम्पले पुटिनलाई खुशी पार्ने प्रयास गर्दैछन् : ट्रुडो

काठमाडौँ- क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई क्यानडामाथि लगाइएको कर 'मूर्खतापूर्ण कार्य' भएको र उनको देशले यसको तुरुन्तै जवाफ दिने बताएका छन्। उनले ट्रम्पले क्यानडाविरुद्ध व्यापार युद्ध लड्दै रुसलाई सहयोग गरेको आरोप समेत लगाएका छन् ।
आफ्नो कार्यकालको अन्तिम समयमा रहेका ट्रूडोले भने, हामी अमेरिकाबाट हुने ३० अर्ब क्यानेडियन डलरको आयातमा तत्काल २५ प्रतिशत भन्सार शुल्क लगाउँदैछौं र आवश्यक परेमा आगामी २१ दिनमा थप १२५ अर्ब क्यानेडियन डलरको आयातमा भन्सार शुल्क लगाउनेछौं । यद्यपि, यी सबै शुल्कहरूको लागि निश्चित रूपमा कुनै उचित कारण छैन ।'
ट्रुडोले अमेरिका-मेक्सिको-क्यानाडा व्यापार सम्झौताको कुनै पनि उल्लङ्घनलाई क्यानडाले विश्व व्यापार संगठनमा चुनौती दिने पनि बताए ।
उनले अमेरिकाले आफ्नो निकटतम साझेदार क्यानडाविरुद्ध व्यापार युद्ध छेडेको बताउदै ट्रम्पले रूसका तानाशाह भ्लादिमिर पुटिनलाई खुसी पार्ने प्रयास गरिरहेको आरोप लगाए । ट्रुडोले सिधै ट्रम्पको नाम लिएर यो मूर्खतापूर्ण भएको बताए ।
ट्रम्पले अमेरिकाका तीन ठूला व्यापारिक साझेदारहरू विरुद्ध शुल्क लगाएका छन् त्यसपछि मेक्सिको, क्यानडा र चीनले तुरुन्तै बदला लिए र वित्तीय बजारमा अशान्ति सिर्जना भएको छ । ट्रम्पले मेक्सिकन र क्यानेडियन आयातमा २५ प्रतिशत कर लगाए, यद्यपि उनले क्यानेडियन ऊर्जामा कर १० प्रतिशत कर लगाए ।
ट्रुडोले क्यानडाले यो व्यापार युद्ध नचाहेको बताउदै ट्रम्पले यो विकल्प रोजेको स्पष्ट गरेका छन् ।
ट्रुडोले ट्रम्पले बारम्बार उनको लक्ष्य क्यानडाको अर्थतन्त्रलाई हानि पुर्याउनु रहेको बताएको उल्लेख गर्दै उनले क्यानडालाई आफ्नो अधीनमा राख्न खोजेको आरोप लगाए ।
क्यानडाको सबैभन्दा बढी जनसंख्या भएको प्रान्त ओन्टारियोका प्रिमियर डग फोर्डले अमेरिकामा हुने बिजुली निर्यातमा २५ प्रतिशतले कटौती गर्ने र यदि कर जारी रहेमा त्यसो गर्न पूर्ण रूपमा रोक्न सक्ने बताएका छन् । उनले अमेरिकालाई निकेल र दुर्लभ खनिजहरूको बिक्री रोक्न सक्ने पनि बताएका छन् । यसको अतिरिक्त, ओन्टारियो र अन्य प्रान्तहरूले अमेरिकी रक्सी ब्रान्डहरू हटाउन थालेका छन् ।

ड्रोन र मिसाइल आक्रमणको सामना गर्दै युक्रेन, अन्तर्राष्ट्रिय प्रतिबन्धको माग

गाजामा इन्धन आपूर्ति दोस्रो दिन पनि अपर्याप्त : संयुक्त राष्ट्रसंघ

एक अर्ब ३७ करोडको ब्याग, जो हालै एक जापानीले लिलामीमा लिए

डेढ वर्षमा एक लाख ५० हजार रोहिङ्ग्याले बङ्गलादेशमा शरण लिएको राष्ट्रसंघद्वारा प…

चीनले बनायो प्रतिघण्टा ६०० किमी गुड्ने म्याग्लेभ रेल

म्यान्मारको बौद्ध बिहारमा हवाई आक्रमण, २३ जनाको मृत्यु
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_A3DxqOYBXA_qydzohbuqx6qc3soelnfq5co1vrusc2sapiwh0wix5cuvjp9wu5xfatfdgue_rc0WBSrQ3y_bicqfkfdwtxyo171jxygaxdpb3agvkbbo5beapjhuxwgpi7boltnklxtt48i_KBqAHzumYr_bugauevmqxkps2npfc8nqhpwfag9j8yhyfieqfcbra38ilk0hsuaeztf4uk0_aJFOeJNErR_24eph9yfahrif2ljrckrpu4homorygxpefrsvfrce4rdcz8jwd0ypra00nvc.jpg)
पाकिस्तानमा मनसुनको प्रकोप : ९८ जनाको मृत्यु, १८५ भन्दा बढी घाइते

प्रतिक्रिया