भारत च्याम्पियन्स ट्रफीको फाइनलमा

काठमाडौँ- भारत च्याम्पियन्स ट्रफीको फाइनलमा पुगेको छ ।
च्याम्पियन्स ट्रफीको पहिलो सेमिफाइनलमा अस्ट्रेलियालाई ४ विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो । अस्ट्रेलियाले दिएको २६५ रनको लक्ष्य पछाएको भारतले ४८.१ ओभरमा ६ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।
भारतको जितमा विराट कोहलीले सर्बाधिक ८४ रन बनाएका थिए भने श्रेयस अय्यरले ४५ रन बनाएका थिए । त्यस्तै केएल राहुलले ४२ बनाए भने कप्तान रोहित शर्मा र हार्दिक पाण्डेयले २८-२८ रन बनाएका थिए ।
यसअघि टस जितेर पहिला ब्याटिंग गरेको अस्ट्रेलियाले ४९.३ ओभरमा अल आउट हुदै २६४ रन बनाएको थियो ।
अस्ट्रेलियाका लागि कप्तान स्टिभ स्मिथले सर्बाधिक ७२ रन बनाए भने एलेक्स केरीले ६१ रन बनाएका थिए । त्यस्तै ट्राभिस हेडले ३९ रन बनाए भने मार्नस लाबुसचागनेले २९ रन बनाएका थिए । त्यस्तै बेन ड्वारशुइसले १९ र नाथन एलिसले ११ रन बनाएका थिए ।
त्यसैगरी भारतीय बलर मोहमद शामीले ३ विकेट लिए भने वरुण चक्रवर्ती र रविन्द्र जडेजाले २-२ तथा हार्दिक पाण्डेय र अक्सर पटेलले एक एक विकेट लिए ।
अब फाइनलमा भारतले आज हुने दोस्रो सेमिफाइनलको दक्षिण अफ्रिका र न्युजील्याण्डबीचको विजेतासँग आगामी आइतबार फाइनलमा खेल्ने छ ।

भारतीय क्रिकेटर शिखर धवन प्रेममा

वैभव सुर्यवंशी बने आइपीएलमा शतक प्रहार गर्ने सबैभन्दा कान्छा खेलाडी
नेपालको विश्वकप यात्रामा वर्षा बन्यो बाधक, खेल रद्द हुँदा विश्वकप खेल्नबाट नेपा…

नेपालले आज अफगानिस्तानसँग भिड्दै

हङकङमाथि नेपालको सहज जित, १२ ओभरमै भट्टायो लक्ष्य

नेपालले गर्यो हङकङलाई ११५ रनमै अलआउट
धोनी भए घाइते, आइपीएलको बाँकी खेल खेल्नेमा आशंका

प्रतिक्रिया