ललिता निवास जग्गा प्रकरणको फैसलाविरुद्ध अख्तियारको सर्वोच्चमा पुनरावेदन

काठमाडौं - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवास जग्गा अनियमितता प्रकरणमा दोषी ठहर भएका र सफाइ पाएकाहरूविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन निवेदन दिएको छ ।
दोषी ठहर भएकाहरूलाई बढी सजाय हुनुपर्ने र सफाई पाएकाहरूलाई दोषी ठहर गर्नुपर्ने माग राखेर अख्तियारले सर्वोच्चमा पुनरावेदन निवेदन दर्ता गरेको हो ।
ललिता निवास जग्गा प्रकरणका ११० जना आरोपितविरुद्ध नै अख्तियार सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गरेको प्रवक्ता नरहरी घिमिरेले जानकारी दिएका छन् । अख्तियारले अन्य ६५ जना जग्गाधनीहरूको जग्गा जफत हुनुपर्ने माग राखेर समेत राखेको छ ।
ललिता निवास जग्गा प्रकरणमा मुछिएका आरोपितहरूलाई कम सजाय गर्ने र कतिपयलाई सफाइ दिने विशेष अदालतको फैसला त्रुटिपूर्ण रहेको अख्तियारको दाबी रहेको छ ।

६० किलो सुन तस्करी प्रकरण : अमला रोकालाई धरौटीमा छाड्न आदेश

उच्च अदालतका लागि ४ न्यायाधीश सिफारिस

न्यायाधीशलाई मोसो दल्नु न्यायपालिकामाथि आक्रमण : न्यायाधीश समाज

राजावादीको तीनकुने घटना : दुर्गासहित ७ जना थुनामा, ३२ जना धरौटीमा रिहा (…

सर्वोच्चले ५२ संवैधानिक पदाधिकारीविरुद्धको निर्णय असार १८ गते सुनाउने
आयोगले एकैसाथ तीन मुद्दा दायर गर्यो

प्रतिक्रिया