कोशी अस्पतालमा कार्यरत चौधरीविरुद्ध नक्कली प्रमाणपत्रको अभियोगमा मुद्दा दायर

काठमाडौं - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कोशी अस्पताल, विराटनगरमा सिटी स्क्यान डिपार्टमेन्ट कार्यरत जितेन चौधरीको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली भएको भन्दै मुद्दा दायर गरेको छ ।
अख्तियारले चौधरीको राजिभ गान्धी युनिभर्सिटी अफ हेल्थ साइन्स, कर्नाटकबाट जारी भएको बिएस्सी एमआइटी पिडिसी डिग्रीको प्रमाणपत्र नक्कली भएको भन्दै विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको जानकारी दिएको छ ।
चौधरीले झुट्टा शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी कोशी अस्पताल, विराटनगरमा रेडियोग्राफर पदमा २०७२ माघ १ देखि नियुक्ति लिई ओहोदा, लाभ र सुविधा प्राप्त गरेको भन्दै चौधरीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१)
बमोजिमको कसुरमा सोही ऐनको दफा १६ को उपदफा (१) बमोजिम कैद र जरिवाना हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको अख्तियारले जनाएको छ ।

चालु आर्थिक वर्षमा भ्रष्टाचारका २७९ उजुरी दर्ता

नागार्जुन नगरपालिका मेयर बस्नेतविरूद्ध साढे ८ करोड बढीको भ्रष्टाचार मुद्दा

चार करोड ८८ लाख बढीको स्रोत नखुलेपछि इन्जिनियर श्रेष्ठविरुद्ध विशेष अदालतमा म…

ठूलीभेरी नगरपालिका प्रकरण : अख्तियारद्वारा सर्वोच्चमा पुनरावेदन

मधेस प्रदेश, कृषि मन्त्रालयका तत्कालीन सचिव सिंहसहित आठ जनाविरुद्ध आरोपपत्र दा…

घुससहित पक्राउ परेका प्रनानि बुढाथोकीविरुद्ध मुद्दा दायर

चितवनमा रवि लामिछानेको बयान सुरू, आजै सक्ने प्रयास

प्रतिक्रिया