बरामद गरिएका सामान भन्सार कार्यालयलाई हस्तान्तरण

रसुवा - सशस्त्र प्रहरी बलको टोलीले भन्सार छली लुकाई छिपाई केरुङ हुँदै चीनबाट ल्याइएका उपभोग्य वस्तु एवं लत्ताकपडा बरामद गरी स्थानीय टिमुरे भन्सार कार्यालयलाई बुझाएको छ ।
धुन्चेस्थित सशस्त्र प्रहरी बल २० नम्बर गुल्मले चीनतर्फबाट ल्याइएका चक्लेट, ओेखर, सस, टिमुरको तेल, जुत्ता तथा कपडालगायत सामग्री बरामद गरी भन्सार कार्यालय टिमुरेलाई बुझाएको हो ।
केरुङबाट रसुवागढी हुँदै बिक्रीका लागि काठमाडौंतर्फ लाँदै गरेको अवस्थामा ती सामान बरामद गरिएको हो । सशस्त्र प्रहरीले सार्वजनिक यातायातमा नियमित जाँच गर्ने क्रममा आज ती सामान बरामद गरी नियमानुसार भन्सार कार्यालयमा बुझाएको जनाएको छ ।
टिमुरे भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत तुलसीप्रसाद भट्टराईले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले बरामद गर्ने अवैध सामग्री नियमानुसार भन्सार कार्यालयमा बुझाउने गरेको बताए । बरामद गरिएका सामग्रीको गुणस्तर जाँच गराई खान योग्यलाई लिलाम र गुणस्तरहीन सामग्रीलाई नष्ट गरिने व्यवस्था रहेको भन्सार अधिकृत भट्टराईले जानकारी दिए ।
लिलाम तथा नष्ट गराउने व्यवस्थाका लागि भन्सारमा छुट्टै अधिकार सम्पन्न एक समिति रहेको र सो समितिले गरेको निर्णयका आधारमा बरामदी सामग्रीको व्यवस्थापन गरिने कानुनी व्यवस्था रहेको भन्सार कार्यालयले स्पष्ट गरेको छ ।

देशकै सबैभन्दा बृहतका साथै सुविधासम्पन्नमध्येको एक एक्सपिरियन्स सेन्टरको स्थापना

मुक्तिनाथ क्षेत्रलाई थप धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकसित गरिने

गाईपालन व्यवसायबाट मासिक एकलाख आम्दानी

सुनको मूल्य बढ्यो,चाँदी स्थिर

जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयको एक हजार बढी योजना

आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

ग्लोबल आइएमई बैंकको ह्याकाथन कार्यक्रम सम्पन्न

प्रतिक्रिया