एमाले मुख्यालय अगाडि स्वर्गद्वारी गुठी पीडितको प्रदर्शन

काठमाडौं - विभिन्न माग राख्दै आन्दोलनरत स्वर्गद्वारी गुठी पीडित मोही किसान संघर्ष समितिले एमाले मुख्यालय च्यासल नजिक प्रदर्शन गरेका छन् ।
सरकारले आफूहरूसँग गरेको सम्झौता कार्यान्वयन नगरेको भन्दै स्वर्गद्वारी गुठी पीडित मोही किसान संघर्ष समितिले मंगलबार च्यासलमा प्रदर्शन गरेका हुन् । मोही किसानहरूलाई मोही पूर्जा दिनुपर्ने उनीहरूको माग छ । उनीहरूले दुई बुँदे सहमति कायान्वयन गर, मोही हक खोस्न पाइँदैन लगायतका नारा लगाएका थिए ।
स्वर्गद्वारी गुठी पीडित मोही किसान संघर्ष समितिका कोषाध्यक्ष शेर बहादुर चौधरीले पुस्तौपुस्तादेखि भोग चलन गरिरहेको जमिनको स्वामित्व पाउन नसकेको भन्दै आन्दोलन गर्नुपरेको बताए ।
स्वर्गद्वारी आश्रमको एक हजार ३४ बिगाह १७ कट्ठा सात धुर जग्गामध्ये सात सय ५३ बिगाह जग्गामा मोही कायम छ । मोही कायम भएको जग्गाको स्वामित्व आफूहरूले पाउनुपर्ने मोही किसानको माग छ ।

नेपालमा मृत्युको स्थिति : सबैभन्दा धेरै कोशीमा, सबैभन्दा थोरै कर्णालीमा

अवैध लागूऔषधसहित १० जना पक्राउ

खोलामा डुबेर दुई किशोरको मृत्यु

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ

घरबास सञ्चालन गरी आत्मनिर्भर बन्दै मुक्त कमैया महिला

चौतारा र घैँटोमा पानी राख्ने चलन हराउँदै

आजको मौसमः आज पनि पाँच प्रदेशमा पानी पर्ने

प्रतिक्रिया