कम पारिश्रमिक दिएर श्रमिकलाई काम लगाएको पाइए दण्डनीय : प्रधानमन्त्री ओली

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले समाजलाई जात, धर्म र संस्कृतिका नाममा विभाजन गर्न खोज्ने प्रवृत्तिलाई चिर्दै अघि बढ्ने बताएका छन् ।
मंगलबार काठमाडौंमा नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट)ले आयोजना गरेको नेपाली ट्रेड युनियन आन्दोलनको ७८ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपाली समाजलाई जात, धर्म र संस्कृतिका नाममा विभाजन गर्ने तथा काम गर्न खोज्ने प्रवृत्तिलाई चिर्दै मुलुकको विकास र समृद्धिको बाटोमा अघि बढ्ने बताएका हुन् ।
अहिले विरोधको लागि विरोध गर्ने प्रवृत्ति देखिएको भन्दै राम्रो काम गर्न नरोकिने उनले बताए । त्यस्तै प्रधानमन्त्री ओलीले कुनै पनि बहानामा न्यूनतम्भन्दा कम पारिश्रमिक दिएर श्रमिकलाई काम लगाएको पाइए दण्डनीय हुने स्पष्ट पारे ।
प्रधानमन्त्री ओलीले नर्सहरुले पनि न्यूनतम् तलव पाइरहेका छैनन् भन्ने सुनिएको उल्लेख गर्दै कुनै पनि बहानामा न्यूनतम्भन्दा कम पारिश्रमिक दिएर श्रमिकलाई काम लगाउन नपाइने जिकिर गरे ।
उनले श्रमिकहरू रोजगारदातामा रूपान्तरण हुन सक्ने भएकाले आफूहरूले त्यस प्रकारको वातावरण सृजना गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा हिमाल आरोही, उद्धारकर्ता र सम्बन्धित संस्थालाई सम्मान गरिएको थियो ।

व्यवसायीलाई ढुक्क भएर लगानी गर्न प्रधानमन्त्री ओलीको आग्रह

निर्माणमुखी सामग्रीको व्यवस्थापन तथा नियमनसम्बन्धी विधेयकमाथि छलफल सुरु

शहरी विकास मन्त्रालयको के-के छ प्रगती ?

नेपाल प्रहरीको महानिरीक्षकमा दीपक थापा नियुक्त

पूर्वविशिष्टलाई दिने सेवा सुविधालाई व्यवस्थित गर्न कानुन बन्दै : गृहमन्त्री लेखक
राष्ट्रपतिद्वारा चार विधेयक प्रमाणीकरण

भ्रष्टाचारबाट आर्जित सम्पत्ति सरकारको नाममा कायम गर्ने गृहमन्त्रीको निर्णय

प्रतिक्रिया