जापानी जङ्गलमा लागेको डढेलो नियन्त्रणका लागि १७ हजार अग्निनियन्त्रक परिचालित

टोकियो- जापानको जङ्गलमा तीन दशकयताकै सबैभन्दा ठूलो डढेलो नियन्त्रणका लागि करिब एक हजार ७०० अग्निनियन्त्रक परिचालन गरिएको अधिकारीहरूले सोमबार बताएका छन् ।
गत हप्ता इवातेको उत्तरी क्षेत्रमा भएको आगलागीमा परी एक जनाको मृत्यु भएको थियो । उक्त क्षेत्रमा गत बर्ष अहिलेसम्मकै अत्यधिक कम वर्षा र उच्च तापक्रम वृद्धि भएको रेकर्ड गरिएको थियो ।
ओफुनाटो शहरनजिकै बिहीबारदेखि लागेको डढेलो करिब दुई हजार १०० हेक्टर जमिन क्षेत्रमा फैलिएको अग्नि तथा विपद् व्यवस्थापन निकायले सोमबार जनाएको छ ।
जापानका १४ वटा क्षेत्रका अग्निनियन्त्रक र सेनासहित १६ वटा हेलिकप्टरले आगो निभाउने प्रयास गरिरहेका छन् ।
भूकम्पले आइतबारसम्म ८४ वटा भवनमा क्षति पुर्याएको अनुमान गरिएको छ तर विस्तृत विवरण आउन बाँकी रहेको विपद् व्यवस्थापन निकायले जनाएको छ ।
अधिकारीहरूका अनुसार करिब तीन हजार २०० भन्दा बढी व्यक्तिलाई सुरक्षित स्थानमा सारिएको छ ।
राष्ट्रिय प्रसारक एनएचकेको ओफुनातोको बिहानको फुटेजमा भवनहरू नजिकै सुन्तला रङ्गको ज्वाला र धुवाँ उडिरहेको देखिएको छ।
जापानमा सन् १९७० को दशकमा डढेलोको चरम बिन्दुमा पुगेको सरकारी तथ्याङ्कले देखाएको छ ।
तर सन् २०२३ फेब्रुअरीदेखि अप्रिलको अवधिमा देशभर करिब एक हजार ३०० हेक्टरको हाराहारीमा जङ्गलमा डढेलो फैलिएको थियो ।
ओफुनाटोमा फेब्रुअरीमा मात्र २.५ मिलिमिटर (०.१ इन्च) वर्षा भएको थियो । (एएफपी)

ड्रोन र मिसाइल आक्रमणको सामना गर्दै युक्रेन, अन्तर्राष्ट्रिय प्रतिबन्धको माग

गाजामा इन्धन आपूर्ति दोस्रो दिन पनि अपर्याप्त : संयुक्त राष्ट्रसंघ

एक अर्ब ३७ करोडको ब्याग, जो हालै एक जापानीले लिलामीमा लिए

डेढ वर्षमा एक लाख ५० हजार रोहिङ्ग्याले बङ्गलादेशमा शरण लिएको राष्ट्रसंघद्वारा प…

चीनले बनायो प्रतिघण्टा ६०० किमी गुड्ने म्याग्लेभ रेल

म्यान्मारको बौद्ध बिहारमा हवाई आक्रमण, २३ जनाको मृत्यु
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_A3DxqOYBXA_qydzohbuqx6qc3soelnfq5co1vrusc2sapiwh0wix5cuvjp9wu5xfatfdgue_rc0WBSrQ3y_bicqfkfdwtxyo171jxygaxdpb3agvkbbo5beapjhuxwgpi7boltnklxtt48i_KBqAHzumYr_bugauevmqxkps2npfc8nqhpwfag9j8yhyfieqfcbra38ilk0hsuaeztf4uk0_aJFOeJNErR_24eph9yfahrif2ljrckrpu4homorygxpefrsvfrce4rdcz8jwd0ypra00nvc.jpg)
पाकिस्तानमा मनसुनको प्रकोप : ९८ जनाको मृत्यु, १८५ भन्दा बढी घाइते

प्रतिक्रिया