बङ्गलादेशको होटलमा आगलागी : चार जनाको मृत्यु

ढाका- बङ्गलादेशको राजधानी ढाकाको एक आवासीय होटलमा सोमबार भएको भीषण आगलागीमा परी कम्तीमा चार जनाको मृत्यु भएको छ ।
छ तले भवनको पहिलो तल्लामा दिउँसो १२ः३१ बजे आगलागी भएको मिडिया सेलका निमित्त प्रवक्ता तल्हा बिन जाशिमले जानकारी दिए ।
उनले दिउँसो १ः०४ बजेतिर दमकलका धेरै युनिटले आगो नियन्त्रणमा लिएको बताए ।
अधिकारीका अनुसार होटलका पाहुना र कर्मचारीहरूले भाग्ने प्रयास गरे ।
“दोस्रो तलाको बाथरूमबाट एकजनाको शव र पाँचौं तलामा छततर्फ जाने सिँढी नजिकै तीनजनाको शव भेटिएको हो ।”
बाक्लो धुवाँको मुस्लो परेपछि अधिकांश पीडितको निसास्सिएर मृत्यु भएको उनले बताृ ।
उद्धारकर्मीहरुले घाइतेहरुलाई स्थानीय अस्पतालमा भर्ना गरेको हो । आगलागीको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । (सिन्ह्वा)

ड्रोन र मिसाइल आक्रमणको सामना गर्दै युक्रेन, अन्तर्राष्ट्रिय प्रतिबन्धको माग

गाजामा इन्धन आपूर्ति दोस्रो दिन पनि अपर्याप्त : संयुक्त राष्ट्रसंघ

एक अर्ब ३७ करोडको ब्याग, जो हालै एक जापानीले लिलामीमा लिए

डेढ वर्षमा एक लाख ५० हजार रोहिङ्ग्याले बङ्गलादेशमा शरण लिएको राष्ट्रसंघद्वारा प…

चीनले बनायो प्रतिघण्टा ६०० किमी गुड्ने म्याग्लेभ रेल

म्यान्मारको बौद्ध बिहारमा हवाई आक्रमण, २३ जनाको मृत्यु
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_A3DxqOYBXA_qydzohbuqx6qc3soelnfq5co1vrusc2sapiwh0wix5cuvjp9wu5xfatfdgue_rc0WBSrQ3y_bicqfkfdwtxyo171jxygaxdpb3agvkbbo5beapjhuxwgpi7boltnklxtt48i_KBqAHzumYr_bugauevmqxkps2npfc8nqhpwfag9j8yhyfieqfcbra38ilk0hsuaeztf4uk0_aJFOeJNErR_24eph9yfahrif2ljrckrpu4homorygxpefrsvfrce4rdcz8jwd0ypra00nvc.jpg)
पाकिस्तानमा मनसुनको प्रकोप : ९८ जनाको मृत्यु, १८५ भन्दा बढी घाइते

प्रतिक्रिया