बङ्गलादेशको वैदेशिक मुद्रा सञ्चिति २१ अर्ब अमेरिकी डलर पुग्यो

ढाका- विदेशी कामदारहरूबाट आउने रेमिट्यान्समा भएको वृद्धिका कारण बङ्गलादेशको विदेशी मुद्रा सञ्चिति फेब्रुअरीको अन्त्यसम्ममा लगभग २१ अर्ब अमेरिकी डलर पुगेको केन्द्रीय बैङ्कको पछिल्लो तथ्याङ्कले देखाएको छ ।
अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) का अनुसार गत महिनाको फेब्रुअरी २७ सम्ममा देशको विदेशी मुद्रा सञ्चिति २० अर्ब ९० करोड डलर रहेको बङ्गलादेश बैङ्कको तथ्याङ्कले देखाएको छ ।
जनवरीको अन्त्यसम्ममा विदेशी मुद्रा सञ्चिति १९ अर्ब ९६ करोड अमेरिकी डलर रहेको थियो । यद्यपि, कूल सञ्चिति फेब्रुअरीको अन्त्यमा २६.१४ अर्ब डलर रहेको थियो ।
गत महिना विदेशी मुद्रा सञ्चिति बढाउन रेमिट्यान्सले महत्वपूर्ण भूमिका खेलेको अधिकारीहरुले बताएका छन् ।
बङ्गलादेशका लागि विदेशी मुद्राको प्रमुख स्रोत मध्ये एक रेमिट्यान्स फेब्रुअरीमा वार्षिक रूपमा २५ प्रतिशतले बढेर २.५३ अर्ब डलर पुगेको तथ्याङ्कले देखाएको छ ।
फेब्रुअरीको रेमिट्यान्स सन् १९७१ यता देशको इतिहासमा चौथो ठूलो मासिक प्रवाह भएको बताइएको छ ।
गत वर्षको डिसेम्बरमा बङ्गलादेशले अहिलेसम्मकै उच्च मासिक रेमिटेन्स आप्रवाह २.६४ अर्ब डलर रेकर्ड गरेको बङ्गलादेश बैङ्कले जारी गरेको तथ्याङ्कले देखाएको छ ।
सङ्कुचित विदेशी मुद्रा सञ्चितिलाई बढावा दिन केन्द्रीय बैङ्कले हालैका वर्षहरूमा विदेशमा बसोबास गर्ने र काम गर्ने लाखौं बङ्गलादेशीहरूलाई थप रेमिटेन्स आकर्षित गर्न प्रोत्साहन सहितका उपायहरू अघि बढाएको थियो । (सिन्ह्वा)

ड्रोन र मिसाइल आक्रमणको सामना गर्दै युक्रेन, अन्तर्राष्ट्रिय प्रतिबन्धको माग

गाजामा इन्धन आपूर्ति दोस्रो दिन पनि अपर्याप्त : संयुक्त राष्ट्रसंघ

एक अर्ब ३७ करोडको ब्याग, जो हालै एक जापानीले लिलामीमा लिए

डेढ वर्षमा एक लाख ५० हजार रोहिङ्ग्याले बङ्गलादेशमा शरण लिएको राष्ट्रसंघद्वारा प…

चीनले बनायो प्रतिघण्टा ६०० किमी गुड्ने म्याग्लेभ रेल

म्यान्मारको बौद्ध बिहारमा हवाई आक्रमण, २३ जनाको मृत्यु
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_A3DxqOYBXA_qydzohbuqx6qc3soelnfq5co1vrusc2sapiwh0wix5cuvjp9wu5xfatfdgue_rc0WBSrQ3y_bicqfkfdwtxyo171jxygaxdpb3agvkbbo5beapjhuxwgpi7boltnklxtt48i_KBqAHzumYr_bugauevmqxkps2npfc8nqhpwfag9j8yhyfieqfcbra38ilk0hsuaeztf4uk0_aJFOeJNErR_24eph9yfahrif2ljrckrpu4homorygxpefrsvfrce4rdcz8jwd0ypra00nvc.jpg)
पाकिस्तानमा मनसुनको प्रकोप : ९८ जनाको मृत्यु, १८५ भन्दा बढी घाइते

प्रतिक्रिया