मछिन्द्रले जित्यो केपी ओली कपको उपाधि

काठमाडौं - केपी ओली कपको उपाधि मछिन्द्र क्लबले जितेको छ । सोमबार दशरथ रंगशालामा सम्पन्न फाइनल खेलमा त्रिभुवन आर्मी क्लबलाई २-० गोल अन्तरले पराजित गर्दै मच्छिन्द्र क्लबले तेस्रो पटक केपी ओली कपको उपाधि जितेको हो ।
मछिन्द्रको जितमा स्टेफन जमाहा जालीले एक गोल गरेका थिए भने अर्को गोल आर्मीका विमल पाण्डेले आत्मघाती गोल गरेका थिए । खेलको २९ औं मिनेटमा आर्मीका डिफेन्डर विमल पाण्डेले बल क्लियर गर्ने क्रममा आफ्नै पोष्टमा बल छिरेपछि गोल भएको थियो । मछिन्द्रले दोस्रो गोल भने खेलको ७२औं मिनेटमा गरेको थियो ।
प्रतियोगिता जितेसँगै मच्छिन्द्रले १५ लाख ११ हजार ११ हजार १११ र उपविजेता आर्मीले ५ लाख रुपैयाँ प्राप्त गरेको छ ।
यो फाइनलमा इटालियन विश्व कप विजेता पूर्व कप्तान एवम् गोलकिपर जियानलुइगी बुफोन विशेष अतिथिको रूपमा भएको उपस्थितिले दर्शकको उपस्थिति खचाखच रहेको थियो । आयोजकले जथाभाबी पास वितरण गरेका कारण आधा भन्दा बढी दर्शक खेल हेर्न नै नपाएर फर्किएका थिए ।

म्यानचेस्टर युनाइटेड ३-० को जितमा

बेलायतमा अब महिला फुटबलमा ‘ट्रान्सजेन्डर वुमन’लाई खेल्न प्रतिबन्ध

आर्सनललाई १-०ले पराजित गर्दै पिएसजी विजयी
पोखरा थण्डर्सलाई हराउँदै एनएसएलको उपाधि ललितपुर सिटीलाई
लेवान्डोवस्कीले स्पेनिस कोपा डेल रे फाइनल खेल्न नपाउने

एनएसएल फाइनल खेल आज
लुम्बिनी कप महिला फुटबल प्रतियोगिता सुरु

प्रतिक्रिया