आजिख्य रहाने बने कोलकोताको कप्तान

काठमाडौं - इण्डियन प्रिमियर लिग (आइपिएल) को डिफेन्डिङ च्याम्पियन कोलकोता नाइट राइडर्सले सिनियर खेलाडी आजिख्य रहानेलाई आफ्नो कप्तान बनाएको छ ।
कोलकोताले सोमबार आजिख्यलाई २०२५ सिजनका लागि कप्तान बनाएको जानकारी दिएको हो । त्यस्तै कोलकोताले वेंकटेश अय्यरलाई उपकप्तान बनाएको छ ।
आजिख्यलाई कोलकोताले अक्सनबाट डेढ करोड भारुमा लिएको थियो ।
गत सिजन कोलकोताको कप्तानी गरेका श्रेयस अय्यरलाई रिलिज गरेपछि कोलकोताको कप्तान को बन्ने भन्ने बारे अनेकौँ अड्कलबाजी भएका थिए । ३६ वर्षीय रहाने यस अघि मुम्बई इण्डियन्स, राजस्थान रोयल्स, दिल्ली क्यापिटल्स र चेन्नई सुपर किंग्स जस्ता फ्रेंचाइजीबाट आइपिएल खेलिसकेका छन् भने २०२२ मा कोलकोताबाट पनि आइपिएल खेलेका थिए । उनी हाल मुम्बईको रणजी टिमको कप्तान पनि हुन् ।
यस सिजनको आइपिएल यहि मार्च २२ देखि शुरु हुँदै छ । कोलकोताले पहिलो दिन नै आफ्नो घरेलु मैदान इडेन गार्डेनमा रोयल च्यालेन्जर्स बैंगलोरको सामना गर्दै छ ।

भारतीय क्रिकेटर शिखर धवन प्रेममा

वैभव सुर्यवंशी बने आइपीएलमा शतक प्रहार गर्ने सबैभन्दा कान्छा खेलाडी
नेपालको विश्वकप यात्रामा वर्षा बन्यो बाधक, खेल रद्द हुँदा विश्वकप खेल्नबाट नेपा…

नेपालले आज अफगानिस्तानसँग भिड्दै

हङकङमाथि नेपालको सहज जित, १२ ओभरमै भट्टायो लक्ष्य

नेपालले गर्यो हङकङलाई ११५ रनमै अलआउट
धोनी भए घाइते, आइपीएलको बाँकी खेल खेल्नेमा आशंका

प्रतिक्रिया