रारा घुम्न आएका पर्यटकको लेक लागेर मृत्यु

नेपालकै प्रमुख पर्यटकीय स्थल रारा घुम्न आएका एक जना आन्तरिक पर्यटकको मृत्यु भएको छ ।
रारा घुम्न आएका काभ्रेको धुलिखेल नगरपालिका– १० स्थायी ठेगाना भएका वर्ष ५४ का भुवन विश्वकर्माको आज बिहान लेक लागेर मृत्यु भएको प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डेको जानकारी दिए ।
जिल्ला अस्पताल मुगुका चिकित्सक नकुल शाहीका अनुसार विश्वकर्मा आइतबार राति ९ बजे श्वास फेर्न समस्या भएपछि चेकजाँच गर्न जिल्ला अस्पताल पुगेका थिए ।
अस्पतालका अनुसार शरीरमा अक्सिजनको कमी देखिएपछि अस्पताल भर्ना हुनुपर्ने बताए पनि उनले उनले मानेका थिएनन् ।
चेकजाँच पछि सल्लेरी फर्किएका विश्वकर्मालाई सोमबार बिहान ६ बजेतिर साथीहरूले एम्बुलेन्समा लिएर अस्पताल पुगेका थिए । अस्पताल पुग्दा उनको मृत्यु भइसकेको चिकित्सक शाहीले जानकारी दिए ।
आइतबार मात्र मृतक विश्वकर्मासहित २५ जनाको टोली रारा घुम्न रारा ताल क्षेत्रमा पुगेको थियो ।

गुल्मीमा हावाहुरीबाट ३६ लाखको क्षति

सुत्केरीको हेलिकप्टबाट उद्धार

तीनकुने घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका आरोपीहरू

भारतीयलाई नागरिकता दिलाउने वडाअध्यक्षलाई पक्राउ नगर्दा स्थानीयले जलाए गृहमन्त्र…

तीनकुन घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका १८ जना

तीनकुने घट्ना प्रकरणः यी हुन ४१ जना पक्राउ परेकाहरू ( नाम सहित )

काठमाडौँका यी-यी ठाउँमा भए कर्फ्यूको आदेश

प्रतिक्रिया