थवाङमा निःशुल्क अक्सिजन प्लान्ट जडान

रोल्पा : थवाङमा मिनी अक्सिजन प्लान्ट जडान गरिएको छ । सो अक्सिजन प्लान्टको लागत रु १९ लाख ७४ भएपनि राष्ट्रिय आविष्कार केन्द्रले निःशुल्क उपलब्ध गराएको हो ।
केन्द्रका बायोमेडिकल इञ्जिनीयर उमेर राईले गाउँपालिका अध्यक्ष वीरबहादुर घर्तीमगरलाई सो प्लान्ट हस्तान्तरण गरे । विद्युत् आपूर्ति नभएको समयमा पनि स्वचालित रुपमा अक्सिजन सिलिण्डर सञ्चालन हुने गरी कोभिड–१९ आइसोलेशन केन्द्रमा सो मिनी प्लान्ट जडान गरिएको गाउँपालिका अध्यक्ष घर्तीमगरले बताए ।
विद्युत् भएको बेला पनि ४७ लिटरका दुई वटा अक्सिजनका सिलिण्डर स्वचालित रहने अध्यक्ष घर्तीमगरले बताए । अक्सिजन प्लान्टको प्रतिमिनेट ६५ लिटर अक्सिजन उत्पादन गर्ने क्षमता भएको बताइएको छ । मिनी प्लान्ट जडानका लागि केन्द्रले सात प्राविधिक उपलब्ध गराएको थियो ।
हाल २० शय्या सञ्चालनमा रहेको सो आइसोलेशन केन्द्रका ११ शय्यामा सो अक्सिजन प्रवाह गर्न सकिने गाउँपालिकाले जनाएको छ । केन्द्रले यसअघि पाँच लिटर क्षमताका पाँच अक्सिजन कन्सन्ट्रेटर र आठ थान पिपिई सेट सहयोग गरेको थियो । अधिकांश सहयोग सुगम र शहर बजारमा मात्रै केन्द्रित भइरहेको बेला केन्द्रले थवाङलाई रोजेकामा अध्यक्ष घर्तीले खुशी व्यक्त गरे ।

उच्च अदालत फैसलाले कोहलपुर–सुर्खेत प्रसारण लाइन विस्तारको बाटो खुल्यो

गाउँपालिकाको एम्बुलेन्स दुर्घटना, चालक घाइते

ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु
मुद्दा मिलाइदिन्छु भन्दै रकम असुली गरेको कसुरमा दुई पक्राउ

जुम्लाको राक्से पाटनमा १३ भेडा पुरिए

माटोको ढिस्को खस्दा एकको मृत्यु, पाँच घाइते

जुम्लामा ट्रयाक्टर दुर्घटना : एक जनाको मृत्यु, चार घाइते

प्रतिक्रिया