लगानी कोषका योगदानकर्तालाई गङ्गालाल अस्पतालमा छुट

काठमाडौँ- नागरिक लगानी कोषका सहभागी, सेयरधनी र कर्मचारीलाई सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रको ‘पेइङ क्लिनिक, सिल्भर, गोल्डेन र प्लेटेनियम कर्पोरेट कार्डियक प्याकेज’मा १० प्रतिशत छुट उपलब्ध हुने भएको छ ।
सो छुटसम्बन्धी सम्झौतामा आइतबार कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की र केन्द्रका कार्यकारी निर्देशक डा रबी मल्लले हस्ताक्षर गरेका हुन् ।
सम्झौतासँगै अब कोषका सदस्य, सहभागी, सेयरधनी, कर्मचारीले उक्त छुट पाउनेछन् । छुटको लागि कोषको परिचयपत्र वा सहभागी परिचयपत्र अनिवार्य पेस गर्नुपर्ने व्यवस्था गरिएको छ ।

फोटो पत्रकार कविता थापालाई सूचना अभियन्ता पुरस्कार प्रदान

आजको मौसम : दिउँसो देशभर आंशिक वर्षाको सम्भावना

सामाजिक बन्धनबाट मुक्त हुने ‘थच्याङ’ हिमाली संस्कृति

नेपालमा मृत्युको स्थिति : सबैभन्दा धेरै कोशीमा, सबैभन्दा थोरै कर्णालीमा

अवैध लागूऔषधसहित १० जना पक्राउ

खोलामा डुबेर दुई किशोरको मृत्यु

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ

प्रतिक्रिया