लिखुपिके गाउँपालिका कार्यालयमा आगलागी

सोलुखुम्बु - जिल्लाको लिखुपिके गाउँपालिकाको कार्यालय भएको घरमा आगलागी भएको छ । गाउँपालिका–३ काफ्लेचौरस्थित कार्यालय भवनमा आज दिउँसो आगलागी भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।
प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेका अनुसार बिजुलीको तार चुहिएर आगलागी हुँदा दुईतले घर जलेर नष्ट भएको छ । स्थानीय रुद्रबहादुर खत्रीको ढुङ्गा, माटो र टिनको छानो भएको सो घरमा गाउँपालिकाको प्राविधिक शाखा, स्टोर र प्रधानमन्त्री रोजगार शाखा रहेका थिए ।
प्रहरी चौकी चौलाखर्कबाट प्रहरी निरीक्षकको कमाण्डमा खटिएको टोली र स्थानीयबासीको सहयोगमा आगो निभाउन सफल भएको घिमिरेले बताउनुभयो । आगलागी हुँदा ग्यास सिलिण्डरसमेत विस्फोट भएपछि आगो थप फैलिएको उनले जानकारी दिए ।
प्रमुख जिल्ला अधिकारी अनोजकुमार घिमिरेले आगलागीबाट कुनै पनि मानवीय क्षति नभएको बताए । यद्यपि गाउँपालिकाको सरकारी दस्तावेज भने जलेर नष्ट भएको उनले बताए ।
_pjm03x6aPm_bwqm9nghrzyn1ey4txktpedmqln52zsnczuu1b6uzquxvnrwocznchlljdi2_kGXZ6ajNij_rgudjoumwxnoesu0chwtj4pazcqqocrstbxinc1r8ntxslaponaf6e9utjln_clk0so7K4n_qciketxau6mvdbxgqzy1x9e7aksyco71r2kohvayykbw8ws0qghhvgwywvtp.jpg)
ब्राउन सुगर समाउन झापामा प्रहरीले गोली चलायो

प्रदेशमा लगानी सम्मेलन : एक खर्ब ५२ अर्बको सम्झौता

बुबाआमा टुङ्गो नभएका इन्द्रबहादुरलाई ३६ वर्षमा नागरिकता

कटारी जीप दुर्घटना : एक जनाको मृत्यु, पाँच घाइते

सगरमाथा पदयात्रामा अमेरिकी पर्यटक सम्पर्कविहीन

खुम्बु क्षेत्रमा भारी हिमपात
मौरी पालेर वार्षिक ८ लाख बढी आम्दानी

प्रतिक्रिया