बीमा प्राधिकरणका निवर्तमान अध्यक्ष सिलवाललाई भ्रष्टाचार मुद्दामा विशेष अदालतको सफाइ

काठमाडौं - विशेष अदालतले बीमा प्राधिकरणका निवर्तमान अध्यक्ष सूर्यप्रसाद सिलवाललाई भ्रष्टाचार मुद्दामा सफाइ दिएको छ । विशेष अदालतका न्यायाधीशत्रय तेजनारायण सिंह राई, रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले आरोप पुष्टि हुन नसक्ने फैसला गरेको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिलवालमाथि झूटो विवरण पेश गरी भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको थियो ।
सिलवालले नागरिकता लिएको मिति र उनले विश्वविद्यालयबाट पाएको शैक्षिक योग्यताको प्रमाणपत्रमा जन्म मिति फरक रहेको अख्तियारको आरोप थियो । उनले वास्तविकता भन्दा ३ वर्ष उमेर घटाएर राहदानी लिएको समेत आरोप थियो । विशेष अदालतले सिलवाललाई अख्तियारको सबै आरोपबाट सफाइ दिएको छ ।

६० किलो सुन तस्करी प्रकरण : अमला रोकालाई धरौटीमा छाड्न आदेश

उच्च अदालतका लागि ४ न्यायाधीश सिफारिस

न्यायाधीशलाई मोसो दल्नु न्यायपालिकामाथि आक्रमण : न्यायाधीश समाज

राजावादीको तीनकुने घटना : दुर्गासहित ७ जना थुनामा, ३२ जना धरौटीमा रिहा (…

सर्वोच्चले ५२ संवैधानिक पदाधिकारीविरुद्धको निर्णय असार १८ गते सुनाउने
आयोगले एकैसाथ तीन मुद्दा दायर गर्यो

प्रतिक्रिया