दक्षिण अफ्रिका च्याम्पियन्स ट्रफीको सेमिफाइनलमा

काठमाडौँ- दक्षिण अफ्रिका जारी च्याम्पियन्स ट्रफीको सेमिफाइनलमा पुगेको छ ।
शनिबार सम्पन्न खेलमा इङल्याण्डलाई ७ विकेटले पराजित गर्दै दक्षिण अफ्रिका सेमिफाइनलमा पुगेको हो ।
इङल्याण्डले दिएको १८० रनको लक्ष्य पछाएको दक्षिण अफ्रिकाके २९.१ ओभरमा ३ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो । यस अघि टस जितेर पहिला ब्याटिंग गरेको इङल्याण्ड ३८.२ ओभरमा अल आउट हुदै १७९ रन बनाएको थियो ।
यो जितपछि समुह बी बाट दक्षिण अफ्रिका ३ खेलमा ५ अंकसहित शिर्ष स्थानमा रहेर सेमिफाइनलमा पुगेको छ । त्यस्तै अस्ट्रेलिया ३ खेलमा ४ अंकसहित दोस्रो स्थानमा रहेर सेमिफाइनलमा पुगेको छ ।
त्यसैगरी योसँगै समुह बी बाट अफगानिस्तान र इङल्याण्ड प्रतियोगिताबाट बाहिरिएका छन् ।
अब समुह चरण अन्तर्गतको अन्तिम खेल आइतबार समुह ए को भारत र न्यूजील्याण्डबीच हुदै छ । यस खेलले समुह विजेता र उपविजेताको तय गर्ने छ । समुह ए बाट भारत र न्यूजील्याण्ड सेमिफाइनल पुगिसकेका छन् भने समुह ए बाट पाकिस्तान र बंगलादेश बाहिरिएका छन् ।

भारतीय क्रिकेटर शिखर धवन प्रेममा

वैभव सुर्यवंशी बने आइपीएलमा शतक प्रहार गर्ने सबैभन्दा कान्छा खेलाडी
नेपालको विश्वकप यात्रामा वर्षा बन्यो बाधक, खेल रद्द हुँदा विश्वकप खेल्नबाट नेपा…

नेपालले आज अफगानिस्तानसँग भिड्दै

हङकङमाथि नेपालको सहज जित, १२ ओभरमै भट्टायो लक्ष्य

नेपालले गर्यो हङकङलाई ११५ रनमै अलआउट
धोनी भए घाइते, आइपीएलको बाँकी खेल खेल्नेमा आशंका

प्रतिक्रिया