अमेरिकाको विवादित भ्रमणपछि लण्डन पुगे जेलेन्स्की

काठमाडौं - अमेरिकाको असफल भ्रमणपछि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की बेलायतको लन्डन पुगेका छन् ।
केहीबेर अघि लन्डन पुगेका जेलेन्स्कीले केही घण्टापछि बेलायती प्रधानमन्त्री केइर स्टारमरसँग भेटवार्ता गर्ने बिबिसीले उल्लेख गरेको छ । त्यस्तै जेलेन्स्कीले लन्डनमा आइतबार युरोपेली नेताहरूको समिटमा भाग लिने बताइएको छ । युक्रेन युद्धको विषयमा छलफल गर्न बेलायती प्रधानमन्त्री स्टारमरले युरेपेली नेताहरूको समिट गर्न लागेका हुन् ।
ह्वाइटहाउसमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग तनावपूर्ण घटनाक्रमपछि जेलेन्स्की अमेरिकासँग कुनै सम्झौता नगरी बेलायत पुगेका छन् ।
उनले सामाजिक सञ्जालमा केहीबेर अघि पनि युक्रेनलाई सहयोग गरेकोमा अमेरिकालाई धन्यवाद दिँदै युक्रेन अमेरिकासँग खनिज सम्झौता गर्न तयार रहेको तर सुरक्षा ग्यारेन्टी हुनुपर्ने दोहोर्याएका छन् । उनले सुरक्षा ग्यारेन्टी बिनाको युद्धविराम युक्रेनका लागि खतरनाक हुने पनि बताएका छन् ।

ड्रोन र मिसाइल आक्रमणको सामना गर्दै युक्रेन, अन्तर्राष्ट्रिय प्रतिबन्धको माग

गाजामा इन्धन आपूर्ति दोस्रो दिन पनि अपर्याप्त : संयुक्त राष्ट्रसंघ

एक अर्ब ३७ करोडको ब्याग, जो हालै एक जापानीले लिलामीमा लिए

डेढ वर्षमा एक लाख ५० हजार रोहिङ्ग्याले बङ्गलादेशमा शरण लिएको राष्ट्रसंघद्वारा प…

चीनले बनायो प्रतिघण्टा ६०० किमी गुड्ने म्याग्लेभ रेल

म्यान्मारको बौद्ध बिहारमा हवाई आक्रमण, २३ जनाको मृत्यु
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_A3DxqOYBXA_qydzohbuqx6qc3soelnfq5co1vrusc2sapiwh0wix5cuvjp9wu5xfatfdgue_rc0WBSrQ3y_bicqfkfdwtxyo171jxygaxdpb3agvkbbo5beapjhuxwgpi7boltnklxtt48i_KBqAHzumYr_bugauevmqxkps2npfc8nqhpwfag9j8yhyfieqfcbra38ilk0hsuaeztf4uk0_aJFOeJNErR_24eph9yfahrif2ljrckrpu4homorygxpefrsvfrce4rdcz8jwd0ypra00nvc.jpg)
पाकिस्तानमा मनसुनको प्रकोप : ९८ जनाको मृत्यु, १८५ भन्दा बढी घाइते

प्रतिक्रिया