रिङ्कु सदालाई न्याय दिन माग

काठमाडौं - राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीले सिरहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुरकी १७ वर्षीया रिङ्कुकुमारी सदाको सामूहिक बलात्कार र शंकास्पद मृत्यु घटनाका दोषीलाई कडाभन्दा कडा कारबाही गर्नुपर्ने माग गरेको छ । अध्यक्ष महतोले आज विज्ञप्ति जारी गरी सो घटनाका अपराधीलाई संरक्षण दिन खोजिएको आशंका व्यक्त गर्दै कडा कारबाही हुनुपर्ने माग गरेका हुन् ।
गत माघ २७ गते राति शौचका लागि घरबाहिर निस्केकी रिङ्कु स्थानीय तीन युवाबाट सामूहिक बलात्कारमा परेकी थिइन् । गत माघ ३० गते साँझ पीडित किशोरी आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत भेटिएकी थिइन् ।
विज्ञप्तिमा भनिएको छ, “हामीले यो रिङ्कु दासको घटनालाई नजिकबाट हेरिरहेका छौँ, यस्तो जघन्य अपराधप्रति यतिका दिन बितिसक्दा पनि सरकारको गम्भीरता देखिएको छैन, अपराधीलाई संरक्षण दिने, प्रमाण नष्ट गर्ने वा घटनालाई राजनीतिक संरक्षण दिने जुनसुकै प्रयासलाई हाम्रो पार्टी कडा विरोध गर्दछ ।”
सो पार्टीले सो घटनाबारे सम्बन्धित निकायले निष्पक्ष, पारदर्शी र प्रभावकारी छानबिन गरी पीडित परिवारलाई शीघ्र न्याय दिलाउनुपर्ने माग गरेको छ ।
अपराधलाई रोकथाम गर्न कडा नीति अवलम्बन गर्नुपर्ने अध्यक्ष महतोको भनाइ छ । पार्टीले न्यायका लागि संघर्षरत सबै नागरिक, अधिकारकर्मी र न्यायप्रेमी संघसंस्थासँग ऐक्यबद्धता जनाउँदै, रिङ्कु सदा हत्याकाण्डलगायत अन्यायविरुद्ध सशक्त दबाब सृजना गर्न आग्रह गरेको छ ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया