केपी ओली कप : सेमिफाइनलको दोस्रो खेल आज हुँदै

काठमाडौँ- केपी ओली कप फुटबल च्याम्पियनसिपमा सेमिफाइनलको दोस्रो खेल आज हुँदैछ। आज केपी एफसी क्लब र मछिन्द्र एफसी बीच प्रतिस्पर्धा हुनेछ ।
खेल त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा साँझ ५ बजे देखि सुरु हुने छ । हिजो भएको पहिलो सेमिफाइनल खेलमा संकटा एफसी लाइ २-१ ले हराउँदै त्रिभुवन आर्मी क्लब फाइनल प्रवेश गरिसकेको छ ।
फागुन १९ गतेसम्म चल्ने उक्त प्रतियोगिताको विजेताले १५ लाख ११ हजार ११ हजार १११ र उपविजेताले ५ लाख रुपैयाँ पाउनेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक लाख, उत्कृष्ट गोलकिपर, सर्वाधिक गोलकर्ता र उदीयमान खेलाडीले समान ५० हजार रुपैयाँ पाउनेछन् । हरेक खेलको विजेता टोलीले २५ हजार र प्लेयर अफ द म्याचले १५ हजार पाउनेछ ।
राष्ट्रिय युवा संघ नेपाल का उपाध्यक्ष एबम प्रवक्ता कृष्णहरि केसी अनुसार फाल्गुन १९ मा कुमा सागर एण्ड ख्वपा , पुर्ण राइ एण्ड दाजु भाइ को प्रस्तुति रहने छ भने सन् २००६ मा इटालीलाई फिफा विश्वकप जिताएका गोलकिपर जियानलुजी वुफोन फाइनल हेर्न नेपाल आउने छन ।

म्यानचेस्टर युनाइटेड ३-० को जितमा

बेलायतमा अब महिला फुटबलमा ‘ट्रान्सजेन्डर वुमन’लाई खेल्न प्रतिबन्ध

आर्सनललाई १-०ले पराजित गर्दै पिएसजी विजयी
पोखरा थण्डर्सलाई हराउँदै एनएसएलको उपाधि ललितपुर सिटीलाई
लेवान्डोवस्कीले स्पेनिस कोपा डेल रे फाइनल खेल्न नपाउने

एनएसएल फाइनल खेल आज
लुम्बिनी कप महिला फुटबल प्रतियोगिता सुरु

प्रतिक्रिया