सोमबार २२ बैशाख, २०८२
Monday, May 05, 2025

कार्यदलमा कुरा नमिल्दा एमाले स्थायी समिति बैठक बस्‍नै सकेन

नेपाललाई भेटेर फर्किए भुसाल

काठमाडौँ : एमाले अध्यक्ष केपी शर्मा ओलीले बोलाएको स्थायी कमिटी बैठक अझै बस्‍न सकेको छैन । अर्थ मन्त्रालयमा चलेको कार्यदलको बैठकले निचोड निकाल्न नसकेपछि स्थायी कमिटी बैठक अन्यौलमा परेको हो । एमाले अध्यक्ष एवं प्रधानमन्त्री ओलीले आइतबार चार बजेका बैठक बोलाएका थिए । सहमति हुने गरी बैठक बोलाइएको भए पनि त्यो प्रक्रियाअघि बढ्न सकेको छैन ।

एजेण्डागत हिसाबमा सबै कुरा मिलेको भए पनि शक्ति बाँडफाड र मिलानको विषयमा अझै स्पष्टता नभएको नेताहरूले बताएका छन् । यद्यपि अझै कार्यदलको बैठक भने जारी छ । त्यही स्पष्टताका लागि घनश्याम भुसालको दौडधुप चर्को छ । उनी कार्यदलबाट सिधै कोटेश्वर पुगे त्यहाँबाट पुन कार्यदल आएर छलफलमा सहभागी भए । नेता माधवकुमार नेपाललाई मनाउन उनले जोड दिएका छन् । 

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाकाअनुसार कार्यदलको स्पष्टता भएपछि मात्र स्थायी समितिमा छलफल हुने हुनाले कार्यसमिति पर्खेको जानकारी दिए । ‘अर्थपूर्ण बैठकको अर्थपूर्ण निर्णयसँगै स्थायी समिति बस्छ । केही बेर केही घण्टा ढिला होला,’ उनले भने, ‘कार्यदलको बैठक चलिरहेको छ ।’