प्रतिपक्षी जिकीर : आफ्ना मान्छे पोस्ने मुख्यमन्त्री-मन्त्री लक्षित बजेट
प्रदेश सरकारको बजेट बहुमतले पारित हुने

हेटौंडा : बागमती प्रदेशको बजेट प्रदेश सभामा बहुमतबाट पारित हुने भएको छ । सरकारले प्रमुख प्रतिपक्षी माओवादी र नेपाली कांग्रेससँग छलफल गरेसँगै बजेट पास हुने भएको हो । असार १७ गतेबाट प्रदेसभा सभा स्थगित हुँदै आएको थियो । असार २७ गते सरकार र विपक्ष दल सहमति भएपछि बैठक बसेको थियो ।
प्रदेशको मुख्यमन्त्री डोरमणि पौडेलले पनि विना पूर्वाधार विद्युतीय बस खरिद नगर्ने सदनमा प्रतिबद्धता गरेका छन् । ३० वटा विद्युतीय बस खरिद गर्दा २० वटा उपत्यकाका रुटमा चल्ने भन्दै भरतपुर, हेटौंडा, धुलिखेल र काठमाडौं उपमहानगरमा चार्जिङ स्टेशन निर्माण गरिने पौडेलले बताए । उनले काठमाडौंमा स्लो चार्जर र लामो दुरीमा छिटो चार्ज हुने भइकल चार्जिङ मेशिन राखिने बताए ।
सशर्त अनुदान सप्लाईका आधारमा हुने हुँदा मागेर नपाउने स्पष्ट गरे । सदनमा मिडिया हाउस सञ्चालन नभएर प्रेस छापा खाना खोल्ने सरकारको कुरा ठीक भएको कांग्रेस बागमती संसदीय दलको नेता इन्द्र बानियाँले बताए ।
भौगोलिक क्षेत्रअनुसार बजेट नआएर गरिब र मजदुर तथा दलितलाई बजेटमा कतै सम्बोधन नगरेको भन्दे बानियाँले विरोध जनाए । प्रमुख प्रतिपक्ष दल माओवादीका नेता शालिकराम जम्कट्टेलले भने दलित, अपल्सङ्ख्याकलाई लक्षित नभएर नियन्त्रित बजेट आएको बताए । विद्युतीय बसको पूवार्धार र सुरुङमार्ग निर्माण उनले सदनमा विरोध गरेपनि लचकता देखाएका हुन् । उनीले सन्तुलित बजेट नआएको पनि दाबी गरे ।
सांसद न्युक्षेनारायण श्रेष्ठले भने बजेट सन्तुलन नभएको भन्दै मन्त्रीमुखी बजेट ल्याएको बताए । सांसद युवराज दुलालले सरकारले सुरुङमार्ग निर्माणमा बालजिद्धि गरेको बताए । स्वास्थ्य, शिक्षा, कृषिमा पर्याप्त बजेट विनियोजन नभएकोमा असन्तृष्टि व्यक्ति गरे । प्रदेश सरकारले नकिन्ने कोभिड खोप किन्न २ अर्ब बजेट छुट्टाएको भन्दै खर्च नहुने दुलालले ठोकुवा गरे । विद्युतीय बस खरिद गरेर जनताले गुडाउने गरी पूर्वाधार निर्माण नभई प्रदेश विद्युतीय युगमा नजाने बताए ।
सांसद हिरानाथ खतिवडाले भने मन्त्री र मुख्यमन्त्रीको निर्वाचन क्षेत्र लक्षित गरेर आफ्नो मान्छे पोस्न मात्र आएको बताए । सांसद सुरेन्द्रराज गोसाईले चौथो बजेटसम्म फेलिएर बजेट ल्याएको भन्दै समाजवादको सामान्य विन्दुमा समेत सरकार पुग्न नसकेको धारणा राखे ।
सांसद गीता वाग्ललेले चितवन महानगरको मेयरसँगको प्रतिशोधले चितवनको स्मार्ट सिटीमा बजेट नराखेकोमा असन्तुष्टि जनाइन् । प्रदेश सरकारले मेयरको प्रतिशोधले गर्दा बजेटमा नसमेटेको भन्दै नालयकी सरकारलाई लाज हुनुनपर्ने भन्दै आक्रोश उनले व्यक्त गरिन् ।
सांसद विशाल खड्काले बजेट खारेज हुनुपर्ने बताए । दलाल पुँजीवादतर्फको बाटोमा जाँदै गर्दा बजेट विभेदकारी भएको उनको ठहर छ । आफ्नो गृह जिल्ला दोलखामा बजेटको ० दशमलब ६५ प्रतिशत बजेट विनियोजन गर्दा मन्त्री र मुख्यमन्त्रीको निर्वाचन क्षेत्रमा ६५ प्रतिशतसम्म बजेट विनियोजन भएको उनले बताए ।
सांसद प्रभात तामाङले आगामी स्थानीय तहको निर्वाचन लक्षित भएको भन्दै कार्यकर्ताले माग गरेको बजेट आएको बताए । बजेटमा दिगो विकासको आधार देखिएको भन्दै पूर्ण असन्तुलित र निर्वाचन लक्षित, नीति तहमा पहिलो चरणमा प्रदेश सरकार भ्रष्टचार उन्मुख भएको बताए ।
यस्तै, प्रदेशमा आज सांसदहरुले बजेटबारे एकमुष्ठ छलफल सुरु गरेका हुन् । सांसद भावना सुवेदीले अहिलेको बजेटको उद्देश्य, इतिहाससँग लिंक तथा भविष्य पनि नभएको भन्दै समाजवाद गर्न आफूलाई लाज लागेको बताइन् । आगामी बजेट हात्ती आयो हात्ती आयो फुस्सा जस्तै भएको उनको धारणा छ ।
सांसद रजनी अमात्यले वर्षेभर बजेटको आकार बढाएर ल्याउने तर खर्च न्युन गर्ने प्रवृत्तिले विकास नहुने टिप्पणी गरिन । बामगती प्रदेश सभाका अधिकांश सांसहरुले बजेटको हरेक वर्ष जस्तै बजेटको विरोध गर्दै आएका छन् ।
सांसदहरु अधिकांश आफ्नो निर्वाचन क्षेत्र, आफ्नो स्थानीय तह, जिल्लामा मात्र कम बजेट पर्यो, मागेको जति बजेट नपारेको भन्दै आक्रोशित पनि छन् । मन्त्री र कार्यकर्ता पोस्नकै लागि बजेट केन्द्रित भएको सांसद दिपेन्द्र श्रेष्ठले बताए ।

दमक भ्युटावर शुल्क लिई सञ्चालन गर्न स्वीकृति

मानवीय जीवन र पृथ्वीको भविष्य जोगाउन मिलेर काम गर्नुपर्छः प्रधानमन्त्री ओली

प्रधानमन्त्रीले रुसी प्रतिनिधि मण्डलसँग भने, ‘नेपालीलाई अब रुसी सेनामा भर्ना न…

मनसुन सुरु हुनु अगावै सडक स्तरोन्नतिको व्यवस्था गराउन सांसदको माग

सुन्दरीजल क्षेत्रमा खानेपानी नदिएको भन्दै सांसदको आपत्ति

टेरामक्स प्रकरण : मोहन बस्नेतसहित मुद्दा दायर गरिएका अरू १६ जना को-को हुन् ?

टेरामक्स प्रकरण : मोहन बस्नेत सांसद पदबाट निलम्बित

प्रतिक्रिया