त्रिभुवन आर्मी केपी ओली कपको फाइनलमा

काठमाडौं - त्रिभुवन आर्मी क्लब जारी केपी ओली कपको फाइनलमा पुगेको छ । शुक्रबार दशरथ रंगशालामा सम्पन्न खेलमा त्रिभुवन आर्मीले संकटा क्लबलाई २-१ गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको फाइनलमा पुगेको हो ।
त्रिभुवन आर्मीको जितमा नवयुग श्रेष्ठ र दिनेश हेम्जनले एक एक गोल गरेका थिए । नवयुगले खेलको आठौ मिनेटमा नै गोल गर्दै आर्मीलाई शुरुवाती अग्रता दिलाएका थिए भने दिनेशले खेलको ६६औ मिनेटमा पेनाल्टीमार्फत आर्मीको अग्रता दोब्बर पारेका थिए । त्यस्तै संकटाको लागि खेलको इन्जुरी समयमा विशन गुरुङले गोल गरेका थिए ।
अब त्रिभुवन आर्मी क्लबले फाइनलमा दोस्रो सेमिफाइनलका केपी ओली एफसी र मछिन्द्र क्लबबीचको विजेतासँग खेल्ने छ ।
प्रतियोगिताको फाइनल खेल सोमबार हुँदैछ ।

म्यानचेस्टर युनाइटेड ३-० को जितमा

बेलायतमा अब महिला फुटबलमा ‘ट्रान्सजेन्डर वुमन’लाई खेल्न प्रतिबन्ध

आर्सनललाई १-०ले पराजित गर्दै पिएसजी विजयी
पोखरा थण्डर्सलाई हराउँदै एनएसएलको उपाधि ललितपुर सिटीलाई
लेवान्डोवस्कीले स्पेनिस कोपा डेल रे फाइनल खेल्न नपाउने

एनएसएल फाइनल खेल आज
लुम्बिनी कप महिला फुटबल प्रतियोगिता सुरु

प्रतिक्रिया