हमासको कब्जामा विपिन जोशी रहेको भए रिहाइ हुन्छ - मन्त्री राणा

काठमाडौं - परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले हमासको नियन्त्रणमा रहेका नेपाली युवा विपिन जोशीको अवस्थाबारे यथार्थ जानकारी प्राप्त हुन नसकेको बताएकी छिन् ।
संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषदको ५८औँ उच्चस्तरीय सत्रमा भाग लिइ शुक्रबार स्वदेश फर्किएपछि त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री राणाले विपिन जोशीको यथार्थ जानकारी प्राप्त हुन नसकेपनि रिहाइका लागि भने पहल गरिरहेको बताएकी हुन् ।
हमासको कब्जामा नेपाली रहेको भए रिहाइ हुने आश्वासन अन्तरराष्ट्रिय जगतबाट पाएको उनले बताइन् । विपिन जोशीको रिहाइका लागि अधिकतम कूटनीतिक पहल गरेको उल्लेख गरिन् ।
त्यस्तै उनले उच्चस्तरीय सत्रमा नेपाललाई मानवअधिकार परिषदको सदस्यमा मत दिन आग्रह गरिएको जानकारी दिइन् । मानवअधिकारको रक्षा र प्रवर्धनमा नेपालको प्रतिबद्धताका विषयमा जानकारी गराइएको उनले बताइन् ।
उनले जेनेभामा रहँदा विभिन्न देशका बिदेशमन्त्रीहरूसँग महत्वपूर्ण द्विपक्षीय भेटवार्ता भएको जानकारी दिइन् । मन्त्री डा देउवा ६ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै गत शनिबार जेनेभा पुगेकी थिइन् ।

विकास सहयोगको भविष्यका लागि स्वतन्त्र आयोगको घोषणा कार्यक्रममा प्रधानमन्त्रीको सम्…

युवाहरू उद्यमशीलता र सीप विकासमार्फत राष्ट्र निर्माणको अग्रपङ्क्तिमा उभिनुपर्छ: उ…

बाँकेका अहमदको परिवारलाई ५ लाख क्षतिपुर्ति दिने सरकारको निर्णय, यी हुन् अन्य …

युवाहरुले देशभित्रै केही गर्ने दृढ आत्मविश्वास जगाउनु पर्छः श्रममन्त्री भण्डारी

प्रत्येक असार १५ गते राष्ट्रिय चलचित्र दिवस मनाइने (मन्त्रीपरिषदका निर्णयहरू)

स्पेनका नरेशद्वारा आयोजित रात्रिभोजमा प्रधानमन्त्री सहभागी

अन्तर्राष्ट्रिय वित्तीय प्रणाली सुधारमा प्रधानमन्त्री ओलीको जोड

प्रतिक्रिया