बिहीबार ०५ असार, २०८२
Thursday, June 19, 2025

एनसेल उत्कृष्ट बहुराष्ट्रिय कम्पनीको रूपमा सम्मानित

काठमाडौँ- एनसेल ‘द एचआरएम अवार्ड फर कर्पोरेट एक्सिलेन्स–२०२४’ बाट सम्मानित भएको छ । मंगलबार आयोजित चौथो एचआरएम कर्पोरेट एक्सिलेन्स अवार्ड समारोहमा एनसेलले बहुराष्ट्रिय कम्पनीको विधामा उत्कृष्ट बन्दै यो अवार्ड पाउन सफल भएको हो । 

यो सम्मानले बहुराष्ट्रिय कम्पनीको रूपमा एनसेलले पछिल्लो दुई दशकदेखि नेपाल र नेपालीलाई दूरसञ्चार सेवाले जोड्न गरेको अनवरतका कार्यहरु र अथक समर्पणलाई दर्शाउँछ । एनसेलका तर्फबाट कम्पनीका मार्केटिङ, कम्युनिकेशन एन्ड सस्टेनेविलिटी इन्टरिम डाइरेक्टर विषाखा लक्ष्मी खड्का र एचआर म्यानेजर सुकान्त अधिकारीले यो अवार्ड ग्रहण गरेका थिए ।

यो अवार्ड एनसेलले गरेका उल्लेखनीय योगदान र उपलब्धिहरूको सम्मान हो र व्यवसाय सञ्चालनका लागि कम्पनीले सबै पक्षमा उत्कृष्टता प्रदान गर्ने प्रतिबद्धताको प्रमाण हो । एनसेल सधैं कर्पोरेट उत्कृष्टताका मापदण्डहरू कायम राख्न प्रतिबद्ध छ, जसले नेपालका व्यवसायिक जगतका लागि एउटा मापदण्ड स्थापित गर्दछ ।

एक जिम्मेवार कर्पोरेट नागरिकको रूपमा, एनसेलले विभिन्न कर तथा शुल्क शीर्षकहरु अन्तर्गत गत आर्थिक वर्ष २०८०/८१ सम्ममा रु. ३२० अर्ब भन्दा बढी राजश्व राज्यलाई योगदान गरेको छ र यसैगरी व्यावसायिक सामाजिक जिम्मेवारी (सीएसआर) पहलहरूमा रु. २ अर्ब भन्दा बढीका परियोजनाहरु सञ्‍चालन गरि आर्थिक सामाजिक विकासमा योगदान गरेको छ । यी कार्यहरूले एनसेल नेपालको आर्थिक, सामाजिक र सूचना तथा सञ्चार प्रविधि क्षेत्रको विकासमा प्रतिबद्ध रहेको कुरालाई स्पष्ट पार्दछ ।
 

एससीटी-यूपीआई कार्ड ग्राहकहरूलाई मौलाकाली केवलकारमा १० प्रतिशत छुट

एससीटी-यूपीआई कार्ड ग्राहकहरूलाई मौलाकाली केवलकारमा १० प्रतिशत छुट

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा सम्पत्ति शुद्धीकरण सम्बन्धी अभिमुखीकरण कार्यक्रम

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा सम्पत्ति शुद्धीकरण सम्बन्धी अभिमुखीकरण कार्यक्रम

काठमाडौँमा इनड्राइभको कार्यालय उद्घाटन

काठमाडौँमा इनड्राइभको कार्यालय उद्घाटन

लण्डनकै दोश्रो स्थानमा पर्‍यो ब्लुम्स्बरी इन्स्टिच्युट लण्डन

लण्डनकै दोश्रो स्थानमा पर्‍यो ब्लुम्स्बरी इन्स्टिच्युट लण्डन

एनसेल फाउन्डेसन प्रिजेन्ट्स ‘बिन देयर ह्याक्ड द्याट’, ईकोलुपले जित्यो प्रथम उपाधि

एनसेल फाउन्डेसन प्रिजेन्ट्स ‘बिन देयर ह्याक्ड द्याट’, ईकोलुपले जित्यो प्रथम उपाधि

बिग मार्टले मनायो १६औँ वार्षिकोत्सव, मोबाइल एपको शुभारम्भ र ब्राण्ड एम्बेसडर घोषणा

बिग मार्टले मनायो १६औँ वार्षिकोत्सव, मोबाइल एपको शुभारम्भ र ब्राण्ड एम्बेसडर घो…

कजारियाले गर्‍यो नेपालको पहिलो र एक मात्र एच.डि पोलिस्ड टायल सार्वजनिक

कजारियाले गर्‍यो नेपालको पहिलो र एक मात्र एच.डि पोलिस्ड टायल सार्वजनिक

सिप मेला २०८२ का लागि काठमाडौं महानगरपालिका र एनसेल फाउन्डेसनबीच सम्झौता पत्रमा हस्ताक्षर

सिप मेला २०८२ का लागि काठमाडौं महानगरपालिका र एनसेल फाउन्डेसनबीच सम्झौता प…