भूकम्पले सिन्धुपाल्चोकमा के-के भयो क्षति ?

काठमाडौँ- सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकास्थित भैरवकुण्ड आसपास केन्द्रबिन्दु बनाएर आज बिहान छ दशमलव एक म्याग्निच्युडको भूकम्प गएको छ ।
खानी तथा भूगर्व विभाग मातहतको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान २ बजेर ५१ मिनेटमा भूकम्प गएको हो ।
राजधानी काठमाडौँ र आसपासका स्थानमा भूकम्पको धक्का महसुस गरिएको थियो । भूकम्पको धक्का पूर्वी नेपालका केही जिल्लामा समेत महसुस गरिएको छ । भूकम्पका कारण रातको समयमा निद्रामा रहेका मानिससमेत खुला स्थानमा निस्केका थिए ।
भूकम्पले जिल्लामा सामान्य क्षति पुगेको छ । भोटेकोशी गाउँपालिकाको कोदारीस्थित प्रहरी चौकीको भित्ता चर्किएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी किरण थापाले बताए । भोटेकोशी गाउँपालिका-३ स्थित दुगुनागढीमा पहिरो खसेको छ ।
थापाका अनुसार भाग्नेक्रममा लड्दा एक जना कैदीको हात भाँचिएको छ ।

करेन्ट लागेर एकजनाको मृत्यु

चोभार गल्छीका ऐतिहासिक चट्टानहरू नहटाइने

पाल्पाका फाँट र खोला किनारमा देखिन छाडे बकुल्ला

गायिका एलिनामाथि गालीगलौज गर्ने राई विरूद्ध तीन दिन म्याद थप

आत्मनिर्भर बनाउन भरतपुर महानगरको तालिम

दुनाटपरी उद्योगबाट मासिक २५ हजार बचत

एमसिसीअन्तर्गतका योजना कार्यान्वयनलाई निरन्तरता दिने निर्णयको स्वागत

प्रतिक्रिया