श्रीलङ्का : मानव र हात्तीबीचको द्वन्द्वमा ठूलो जनधनको क्षति

कोलम्बो- श्रीलङ्काले एक दशकमा झण्डै एक हजार २०० मानिस र तीन हजार ५०० भन्दा बढी जनावरको मृत्यु भएको छ । हात्ती मानवबीच द्वन्द्वको खबर सार्वजनिक गरेपछि गाउँले र जङ्गली हात्तीबीचको भिडन्त तत्काल समाधान गर्ने प्रतिबद्धता सरकारले व्यक्त गरेको छ ।
वातावरण मन्त्री डम्मिका पाटाबेन्डीले संसदलाई बताएअनुसार वन्यजन्तु आरक्ष नजिकका गाउँहरूमा हात्तीको आक्रमण कम गर्न थप विद्युतीय तारबार निर्माण गर्ने र थप कर्मचारीहरू खटाइनेछ ।
“हामी मानव र हात्तीबीचको द्वन्द्व न्यूनीकरणका लागि थप रकम विनियोजन गरिरहेका छौँ र छोटो समयमै यो अवस्थालाई कम गर्न सक्षम हुनेमा हामी आशावादी छौँ,” पाटाबेन्डीले भनर् ।
उनका अनुसार सन् २०१५ देखि २०२४ को बीचको हात्तीसँगको द्वन्द्वमा एक हजार १९५ मानिस र तीन हजार ४८४ जङ्गली हात्ती मारिएका छन् ।
यस वर्षको जनवरीमा थप तीन जना मानिस र ४३ वटा हात्तीको मृत्यु भएको छ ।
विपक्षी सांसद नलिन बन्दाराले मृतकको सङ्ख्या ’स्तब्ध पार्ने’ भएको भन्दै जङ्गली जनावरलाई क्षति नपुर्याउने सुनिश्चितताका साथै मानिसहरुको सुरक्षा गर्न आग्रह गरेका छन् ।
उनले मारिएका जङ्गली हात्तीको शव व्यवस्थापन (विसर्जन) गर्दा एक दशकमा राज्यलाई करिब एक करोड १६ लाख अमेरिकी डलर नोक्सानी भएको र सोही अवधिमा हात्तीको आक्रमणबाट पीडितलाई करिब ४० लाख अमेरिकी डलर क्षतिपूर्ति दिइएको उल्लेख गरे ।
अनुमानित सात हजार जङ्गली हात्तीहरू रहेको श्रीलङ्कामा हात्तीहरूलाई मार्नु वा हानि पुर्याउनु अपराध हो । हात्तीलाई बौद्ध संस्कृतिमा तिनीहरूको महत्त्वको कारण राष्ट्रिय सम्पत्ति मानिन्छ ।
यद्यपि, यो नरसंहार जारी छ किनकि निराश किसानहरू हात्तीहरूले उनीहरूको बालीमा आक्रमण गर्न र जीविकोपार्जन नष्ट गर्न सङ्घर्ष गरिरहेका छन्।
धेरै हात्तीलाई करेन्ट लाग्ने, गोली हान्ने वा विष खुवाइएको कारण मृत्यु भएको छ । कहिलेकाहीं विस्फोटक पदार्थले भरिएका फलहरू जनावरहरूलाई घाइते बनाउन प्रयोग गरिन्छ र त्यो नै अक्सर पीडादायी मृत्युमा परिणत हुनेगर्छ ।
हात्तीहरू पनि आफ्नो बासस्थान भएर चल्लने रेलको ठक्करका कारण हताहत हुने गर्छन् ।
एक साताअघि टापुको पूर्वी हबराना क्षेत्रमा एक्सप्रेस रेलको ठक्करबाट चार छावासहित सात हात्तीको मृत्यु भएको थियो । यो देशकै सबैभन्दा खराब दुर्घटना हो ।
अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घले एशियाली हात्तीलाई सङ्कटापन्न जनावरको रूपमा मान्यता दिएको छ।
एसियामा अनुमानित २६ हजार हात्ती जङ्गलमा बस्छन् र प्रायजसो भारतमा रहेका छन् । मानव नियन्त्रणभन्दा बाहिर रहेका हात्तीको औसत आयु ६०–७० वर्ष हुन्छ । (एएफपी)

ड्रोन र मिसाइल आक्रमणको सामना गर्दै युक्रेन, अन्तर्राष्ट्रिय प्रतिबन्धको माग

गाजामा इन्धन आपूर्ति दोस्रो दिन पनि अपर्याप्त : संयुक्त राष्ट्रसंघ

एक अर्ब ३७ करोडको ब्याग, जो हालै एक जापानीले लिलामीमा लिए

डेढ वर्षमा एक लाख ५० हजार रोहिङ्ग्याले बङ्गलादेशमा शरण लिएको राष्ट्रसंघद्वारा प…

चीनले बनायो प्रतिघण्टा ६०० किमी गुड्ने म्याग्लेभ रेल

म्यान्मारको बौद्ध बिहारमा हवाई आक्रमण, २३ जनाको मृत्यु
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_A3DxqOYBXA_qydzohbuqx6qc3soelnfq5co1vrusc2sapiwh0wix5cuvjp9wu5xfatfdgue_rc0WBSrQ3y_bicqfkfdwtxyo171jxygaxdpb3agvkbbo5beapjhuxwgpi7boltnklxtt48i_KBqAHzumYr_bugauevmqxkps2npfc8nqhpwfag9j8yhyfieqfcbra38ilk0hsuaeztf4uk0_aJFOeJNErR_24eph9yfahrif2ljrckrpu4homorygxpefrsvfrce4rdcz8jwd0ypra00nvc.jpg)
पाकिस्तानमा मनसुनको प्रकोप : ९८ जनाको मृत्यु, १८५ भन्दा बढी घाइते

प्रतिक्रिया