रुस र अमेरिकी कुटनीतिज्ञबीच इस्तानबुलमा भेटवार्ता
मस्को - रुसी र अमेरिकी अधिकारीहरुबीच बिहीबार इस्तानबुलमा भेटवार्ता भएको छ । दुई देशबीचको सम्बन्ध पुरस्थापना गर्ने उद्देश्यका साथ दूतावासको समस्या समाधानका लागि वार्ता भएको रूसी सञ्चारमाध्यमले जनाएका छन् ।
युक्रेनमा रूसी आक्रमण सुरु भएयता दुई आणविक शक्ति सम्पन्न मुलुक रूस र अमेरिकाबीच यसै महिना भएको पहिलो उच्चस्तरीय बैठकपछि अमेरिकी महावाणिज्यदूतको निवासमा वार्ता हुन लागेको हो ।
वार्तामा दुबै पक्षको कुटनीतिज्ञको सहभागिता भएको बताइए पनि सहभागीको परिचय दिइएको छैन । रुसको सरकारी तास एजेन्सीले रुसी प्रतिनिधिमण्डलमा ‘विदेश मन्त्रालयका प्रतिनिधि’ रहेको जनाएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत महिना सत्तामा आएदेखि नै मस्कोसँगको सम्बन्ध लाई पुरस्थापित गर्ने प्रयास गरेका छन् । उनले रूसी समकक्षी भ्लादिमिर पुटिनलगायत क्रेमलिनका अधिकारीहरूसँग तीन वर्षमा पहिलो पटक उच्चस्तरीय वार्ता सुरु गर्ने पहल थालेका हुन् ।
रुसी विदेशमन्त्री सर्गेई लाभरोभ र अमेरिकी विदेशमन्त्री मार्को रुबियोबीच फेब्रुअरी १८ मा साउदी अरबको राजधानी रियादमा भेटवार्ता भएको थियो।
मस्कोले तीन वर्षअघि आफ्नो छिमेकीमाथि गरेको सैन्य आक्रमणको निन्दा हुन नदिन संयुक्त राष्ट्रसंघमा सोमबार भएको मतदानमा संयुक्त राज्य अमेरिकाले दुई पटक रुसको पक्ष लिएको थियो ।
इस्तानबुलमा भएको वार्ताको उद्देश्य पूर्व अमेरिकी राष्ट्रपति जो बाइडेनको प्रशासनका क्रममा दूतावासका कर्मचारीलाई एकअर्काबाट निष्कासन गरेपछि आफ्ना कूटनीतिक नियोगको कामलाई सामान्य बनाउने हो ।
नेटो सदस्य टर्कीएले युक्रेनमा शत्रुता अन्त्य गर्न वार्तामा भूमिका खेल्न चाहेको छ र टर्कीएले सन् २०२२ मार्चमा मस्को र किएभबीच दुई पटक प्रत्यक्ष वार्ताको आयोजना गरेको थियो।

ड्रोन र मिसाइल आक्रमणको सामना गर्दै युक्रेन, अन्तर्राष्ट्रिय प्रतिबन्धको माग

गाजामा इन्धन आपूर्ति दोस्रो दिन पनि अपर्याप्त : संयुक्त राष्ट्रसंघ

एक अर्ब ३७ करोडको ब्याग, जो हालै एक जापानीले लिलामीमा लिए

डेढ वर्षमा एक लाख ५० हजार रोहिङ्ग्याले बङ्गलादेशमा शरण लिएको राष्ट्रसंघद्वारा प…

चीनले बनायो प्रतिघण्टा ६०० किमी गुड्ने म्याग्लेभ रेल

म्यान्मारको बौद्ध बिहारमा हवाई आक्रमण, २३ जनाको मृत्यु
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_A3DxqOYBXA_qydzohbuqx6qc3soelnfq5co1vrusc2sapiwh0wix5cuvjp9wu5xfatfdgue_rc0WBSrQ3y_bicqfkfdwtxyo171jxygaxdpb3agvkbbo5beapjhuxwgpi7boltnklxtt48i_KBqAHzumYr_bugauevmqxkps2npfc8nqhpwfag9j8yhyfieqfcbra38ilk0hsuaeztf4uk0_aJFOeJNErR_24eph9yfahrif2ljrckrpu4homorygxpefrsvfrce4rdcz8jwd0ypra00nvc.jpg)
पाकिस्तानमा मनसुनको प्रकोप : ९८ जनाको मृत्यु, १८५ भन्दा बढी घाइते

प्रतिक्रिया