५५ वर्षीया ‘बुलेट आमा’ को साहसलाई काठमाडौं महानगरको सम्मान

काठमाडौं - काठमाडौं महानगरपालिकाले बुलेट आमा शुशिला उप्रेती तिवारीको बुलेट मोटरसाइकल यात्राको प्रशंसा गरेको छ । आज उपप्रमुख सुनिता डंगोलले उनलाई प्रशंसा पत्र प्रदान गर्दै आगामी अन्तरदेशीय यात्रा सफलताको शुभकामना दिइन् ।
त्यस क्रममा निमित्त प्रमुख प्रशासकीय अधिकृत नुरनिधि न्यौपानेले मायाको चिनो प्रदान गरेका थिए । यस्तै प्रशासन विभागका प्रमुख ध्रुव कुमार काफ्लेले खादा ओढाएका थिए ।
प्रशंसा प्रदान गर्दै उपप्रमुख डंगोलले, तिवारीको मोटरसाइकल यात्रा साहसी नेपाली महिलालाई प्रतिनिधित्व गर्ने सन्देश भएको उल्लेख गरिन् । नेपाली महिलाहरूले लगाउने गुन्यूचोलो लगाएर ५५ वर्षको उमेरमा मोटरसाइकलबाट यात्रा गर्नु अरु महिलाहरूका लागि केही नयाँ गर्न सकिन्छ भन्ने उत्प्रेरणा हो उनले बताइन् ।
झापाको बुधबारे बसोबास गर्ने तिवारी ५५ वर्षकी छन् । नेपाली महिलाको राष्ट्रिय पोशाक ‘गुन्युचोली’ लगाएर विश्वशान्तिको कामना गर्दै उनले गएको भदौ ५ गते मेचीबाट मोटरसाइकल यात्रा थालनी गरेकी थिइन् । नवौँ दिनको मध्यान्नमा सुदूरपश्चिम प्रदेश कञ्चनपुर जिल्लाको गड्डाचौकीमा पुगेर त्यस चरणको यात्रा समापन गरेकी थिइन् । विगत यात्रा र आगामी योजनाका विषयमा जानकारी दिँदै उनले भने, ‘साहसी र सशक्त नेपाली महिलाको पहिचान प्रवर्धन गर्न अब भारत, बंगलादेश, मलेसिया हुँदै थाइल्याण्डसम्म यात्रा गर्नेछु । यात्राका क्रममा भेटिने हरेक व्यक्ति र समुदायको सहयोग लिएर यात्रा सम्पन्न गर्ने योजना छ ।’

मण्डनदेउपुरका जनप्रतिनिधि र कर्मचारीका छोराछोरी सामुदायिक विद्यालयमा पढाउन न…
कृषि अनुसन्धानः मनहरीमा चैतेधान परीक्षण

ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

यातायात कार्यालयद्वारा ४५ करोड राजस्व संकलन

राक्सिराङमा चट्याङको पूर्वसूचना दिने संयन्त्र जडान गरिँदै

काभ्रे–कोशीपूर्वको सडक १५ वर्षपछि पक्की

प्रतिक्रिया