बहुल राष्ट्रिय चरित्रको देश बनाउन आन्दोलन र संघर्ष जरुरी - राजेन्द्र महतो

काठमाडौं - राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले बहुल राष्ट्रिय चरित्रको देश बनाउन आन्दोलन र संघर्ष गर्ने बताएका छन् ।
हालै सम्पन्न पार्टीको केन्द्रीय कार्यसमिति बैठकका निर्णय सार्वजनिक गर्न बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै अध्यक्ष महतोले देशका शासकहरूमा एकल नश्लील चरित्र देखा परेको भन्दै बहुल राष्ट्रिय चरित्रको देश बनाउन आन्दोलन र संघर्ष गर्ने बताएका हुन् ।
आन्दोलनका लागि समान धारणा र बिचार मिल्ने पार्टी र संगठनहरूसंग बृहत मोर्चाबन्दी गर्ने निर्णय गरिएको उनले बताए । उनले कांग्रेस, एमाले र माओवादीका कारण देश असफलतर्फ उत्मुख रहेकाले देशलाई वैकल्पिक शक्ति आवश्यक रहेको धारणा राखे ।
अध्यक्ष महतोले देशमा विभिन्न स्थानमा देखिएका समस्या समाधान गर्नुको साटो राज्यले अत्याधिक दमन गरेको र समुदायबीच नै विभाजन पैदा गर्न खोजेको तर्क गरे । पाथीभरा केबलकार निर्माणका क्रममा भएको विवादमा राज्यको दमन स्वीकार्य नभएको भन्दै महतोले सरकारको रवैयाविरुद्ध संघर्षमा आउन आव्हान गरे ।
बैठकले पार्टीका सबै केन्द्रीय सदस्यहरूलाई १५ दिनभित्र सम्पति विवरण भरि केन्द्रीय कार्यालयमा बुझाउन निर्देशन दिएको छ भने चैत्र १ गतेदेखि वैशाख १५ गतेसम्म संगठन विस्तार अभियान सञ्चालन गर्ने निर्णय भएको अध्यक्ष महतोले बताए ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया