भावुक स्ट्याटस लेख्दै कप्तान अन्जिलाले मागिन् समर्थकसँग माफी

काठमाडौं - नेपाली राष्ट्रिय महिला फुटबल टिमकी कप्तान अन्जिला तुम्बापो सुब्बाले म्यान्मारसँग फाइनलमा हार बेहोरेपछि समर्थकसँग माफी मागेकी छन् । सामाजिक सञ्जाल भावुक स्ट्याटस लेखेर अन्जिलाले फाइनलमा फेरि चुकेको भन्दै समर्थकहरूसँग माफी मागेकी हुन् ।
उनले भनेकी छन्- 'फेरि पनि, हामी फाइनलमा पुग्यौं तर चुक्यौं। कप्तानको रूपमा, म सबै समर्थकहरूसँग माफी माग्न चाहन्छु ।' उनले मैदानमा उपस्थित १६ हजार दर्शकहरू र सधैं हामीलाई माया गर्ने करोडौं समर्थकहरूले अपेक्षा गरेको र चाहेको नतिजा दिन नसकेको उल्लेख गरेकी छन् ।
उनले भनेकी छन्- म्यानमार हामीभन्दा धेरै बलियो टोली थियो। पहिलो हाफ राम्रो खेलेका थियौं, तर दोस्रो हाफमा मेरो पहिलो गोलको गल्तीका कारण गोल खान पुग्यौं। तपाईंहरूको समर्थनकै कारण महिला टोलीले यो पहिचान र अवसर पाएको छ। यसले हामीलाई अझ राम्रो गर्न प्रेरित गरेको छ । त्यसैले, आलोचनाभन्दा बढी, हामीलाई अझ धेरै अवसरहरू आवश्यक छन् । यस्तै प्रतियोगिताहरू र राम्रो संरचना भएको घरेलु महिला लिग आवश्यक छ ।'
अन्जिलाले पछिल्लो वर्षमा तीन वटा फाइनल खेलेको उल्लेख गर्दै यस्ता प्रतियोगिताहरू निरन्तर भए, एक दिन हामी अवश्य उपाधि उचाल्ने बताएकी छन् । साथै उनले यो प्रतियोगिता आयोजना गरी अवसर दिएकोमा अखिल नेपाल फुटबल संघ (एन्फा)का पदाधिकारी, सम्पूर्ण विभाग, र टिम स्टाफ सबैलाई धन्यवाद दिएकी छन् । कप्तान अन्जिलाले खेलाडीहरूलाई आलोचना नगर्न समेत अपिल गरेकी छन् ।
बुधबार दशरथ रंगशालामा सम्पन्न अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको फाइनल खेलमा नेपाल म्यान्मारसँग २-० गोल अन्तरले पराजित भएको थियो ।
फाइनल खेलमा खेलको ६२औं र ६४औँ मिनेटमा गोल गर्दै म्यान्मारले २-० को नतिजा निकालेको थियो । पहिलो हाफमा निकै उत्कृष्ट फुटबल खेलेको नेपालले दोस्रो हाफमा केहि मिनेट सन्तुलन गुमाउदा २ गोल खाएको थियो ।
योसँगै नेपालले पछिल्लो १५ वर्षमा आफ्नो १३औं फाइनलमा पनि हार बेहोरेको हो । यसअघि १२ फाइनलमा हार्दा नेपालले साफ च्याम्पियसिपको ६ वटा फाइनलमा उपविजेतामा चित्त बुझाएको छ ।

म्यानचेस्टर युनाइटेड ३-० को जितमा

बेलायतमा अब महिला फुटबलमा ‘ट्रान्सजेन्डर वुमन’लाई खेल्न प्रतिबन्ध

आर्सनललाई १-०ले पराजित गर्दै पिएसजी विजयी
पोखरा थण्डर्सलाई हराउँदै एनएसएलको उपाधि ललितपुर सिटीलाई
लेवान्डोवस्कीले स्पेनिस कोपा डेल रे फाइनल खेल्न नपाउने

एनएसएल फाइनल खेल आज
लुम्बिनी कप महिला फुटबल प्रतियोगिता सुरु

प्रतिक्रिया