रेडपाण्डाको छाला र भालुको पित्तसहित तीन जना पक्राउ

बुटवल : भालुको पित्त र रेडपाण्डाको छालासहित बाँकेको नेपालगञ्जबाट तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरूलाई नेपालगञ्ज उपमहानगरपालिका–१ पुष्पलाल चोकस्थित राप्ती गेष्ट हाउसको कोठा नम्बर १० मा संरक्षित वन्यजन्तुका अंगको कारोबार भइरहेको सूचनाको आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिए ।
लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ र जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको संयुक्त प्रहरी टोलीले राती करिब ८ः४० बजे उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक अधिकारीले बताए । राप्ती गेष्ट हाउसमा तलासी लिने क्रममा होटलको १० नम्बर कोठाबाट उनीहरुलाई पक्राउ गरेको प्रहरी उपरीक्षक अधिकारीले बताए ।
पक्राउ पर्नेमा दाङ घोराही उपमहानगरपालिका–४ का ४९ वर्षीय भक्तबहादुर पुन, ४१ वर्षीय केशव पुन र शान्तिनगर गाउँपालिका–१ का २९ को रोबिन बुढा छन् ।

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २० वर्ष पछि पक्राउ

जुवातास खेलिरहेको अवस्थामा टोखाबाट १९ जना पक्राउ

बलात्कार गरेको आरोपमा दुईजना पक्राउ

म्याग्दीमा जिप खस्दा एकको मृत्यु, ४ घाइते

बालिकालाई वेश्यावृतिमा लगाएको आरोपमा गेस्ट हाउस संचालक पक्राउ

लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

अल्बानिया पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

प्रतिक्रिया