अफगानिस्तानसँग हारेसँगै इङ्ल्याण्ड च्याम्पियन्स ट्रफीबाट बाहिरियो

काठमाडौँ- अफगानिस्तानले इङ्ल्याण्डलाई पराजित गरेको छ । जारी च्याम्पियन्स ट्रफी अन्तर्गत समुह बी को खेलमा अफगानिस्तानले इङ्ल्याण्डलाई ८ रनले पराजित गरको हो ।
अफगानिस्तानले दिएको ३२६ रनको लक्ष्य पछाएको इङ्ल्याण्डले ४९.५ ओभरमा अल आउट हदै ३१७ रन मात्र बनाए पछि खेल अफगानिस्तानले ८ रनले जितेको थियो ।
इङ्ल्याण्डका लागि जो रुटले सर्बाधिक १२० रन बनाएका थिए भने बेन डकेट र कप्तान जोस बटलरले ३८-३८ रन बनाएका थिए । त्यस्तै जामी ओभरटनले ३२ रन बनाएका थिए ।
त्यस्तै अफगानिस्तानका ब्व्ल्र अजमतुल्लाह ओमारजाईले सर्बाधिक ५ विकेट लिएका थिए भने मोहमद नविले २ विकेट लिएका थिए । यसअघि टस जितेर पहिला ब्याटिंग गरेको अफगानिस्तानले ५० ओभरमा ७ विकेट गुमाउदै ३२५ रन बनाएको थियो ।
अफगानिस्तानका लागि इब्राहिम जद्रानले सर्बाधिक १७७ रन बनाएका थिए । जद्रानले १४६ बल खेल्दै १२ चौका र ६ छक्का सहित १७७ रन प्रहार गरेका थिए ।
त्यस्तै अज्मतुल्लाह ओमारजाईले ४१ तथा मोहमाब नवी र कप्तान हशमतुल्लाह शाहिदीले ४०-४० रन बनाएका थिए ।
त्यसैगरी इङ्ल्याण्डका बलर जोफ्रा आर्चरले ३, लियाम लिभङ स्टोनले २ तथा जामी ओभरटन र अदिल राशिदले एक एक विकेट लिएका थिए ।
यो हारसँगै इङ्ल्याण्ड लगातार दुई खेलमा हार बेहोरेर च्याम्पियन्स ट्रफीबाट बाहिरिएको छ । त्यस्तै अफगानिस्तानले २ खेलमा २ अंक हासिल गरेको छ भने सेमिफाइनलको सम्भावना कायम राखेको छ ।

भारतीय क्रिकेटर शिखर धवन प्रेममा

वैभव सुर्यवंशी बने आइपीएलमा शतक प्रहार गर्ने सबैभन्दा कान्छा खेलाडी
नेपालको विश्वकप यात्रामा वर्षा बन्यो बाधक, खेल रद्द हुँदा विश्वकप खेल्नबाट नेपा…

नेपालले आज अफगानिस्तानसँग भिड्दै

हङकङमाथि नेपालको सहज जित, १२ ओभरमै भट्टायो लक्ष्य

नेपालले गर्यो हङकङलाई ११५ रनमै अलआउट
धोनी भए घाइते, आइपीएलको बाँकी खेल खेल्नेमा आशंका

प्रतिक्रिया