'इरानले अत्यधिक समृद्ध युरेनियमको भण्डारण उल्लेखनीय रूपमा बढायो'

भियना- अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आइएइए) को गोप्य प्रतिवेदनअनुसार हालैका महिनाहरूमा इरानले अत्यधिक समृद्ध युरेनियमको भण्डारमा उल्लेखनीय वृद्धि गरेको छ ।
प्रतिबन्ध राहतको बदलामा तेहरानको आणविक कार्यक्रमलाई रोक्ने सन् २०१५ को सम्झौता भङ्ग भएपछि इरान र संयुक्त राष्ट्र आणविक वाचडग आइएइएबीच तनावहरू पटक–पटक बढेका छन् ।
आइएइएले आफ्नो त्रैमासिक प्रतिवेदनमा यो ‘गम्भीर चिन्ताको विषय’ हो भन्दै इरानसँग ८ फेब्रुअरीसम्म ६० प्रतिशतसम्म समृद्ध २७४.८ किलोग्राम अनुमानित मात्रा रहेको र यो नोभेम्बरको अघिल्लो प्रतिवेदन पछि ९२.५ किलोग्रामले बढेको बताएको छ ।
यो तेहरानले डिसेम्बरमा ६० प्रतिशतसम्म अत्यधिक समृद्ध युरेनियमको उत्पादन बढाउने योजना घोषणा गरेपछि आएको हो । यो आणविक हतियारहरूका लागि आवश्यक ९० प्रतिशत स्तरबाट छोटो कदम हो ।
आइएइएका अनुसार तेहरान ६० प्रतिशत युरेनियम संवर्धन गर्ने एक मात्र गैर–आणविक हतियार भएको देश हो । इरानले सधैँ आणविक हतियार खोज्ने कुरा अस्वीकार गर्दै आएको छ ।
“यस्तो आणविक सामग्री उत्पादन गर्ने एक मात्र गैर–आणविक हतियार राष्ट्र इरानले उच्च समृद्ध युरेनियमको उत्पादन र सञ्चयमा उल्लेखनीय वृद्धि गर्नु गम्भीर चिन्ताको विषय हो”, प्रतिवेदनमा भनिएको छ ।
यो आइएइए बोर्ड अफ गभर्नरको बैठकको पूर्वसन्ध्यामा आएको छ ।
डोनाल्ड ट्रम्पले राष्ट्रपतिका रूपमा आफ्नो पहिलो कार्यकालमा संयुक्त राज्य अमेरिकालाई तेहरानसँगको सन् २०१५ को ऐतिहासिक सम्झौताबाट एकतर्फी रूपमा हटाउनुभएको थियो । सम्झौताले इरानको आणविक कार्यक्रममाथि सीमाहरूको बदलामा प्रतिबन्ध राहत प्रदान गरेको थियो । (एएफपी)

ड्रोन र मिसाइल आक्रमणको सामना गर्दै युक्रेन, अन्तर्राष्ट्रिय प्रतिबन्धको माग

गाजामा इन्धन आपूर्ति दोस्रो दिन पनि अपर्याप्त : संयुक्त राष्ट्रसंघ

एक अर्ब ३७ करोडको ब्याग, जो हालै एक जापानीले लिलामीमा लिए

डेढ वर्षमा एक लाख ५० हजार रोहिङ्ग्याले बङ्गलादेशमा शरण लिएको राष्ट्रसंघद्वारा प…

चीनले बनायो प्रतिघण्टा ६०० किमी गुड्ने म्याग्लेभ रेल

म्यान्मारको बौद्ध बिहारमा हवाई आक्रमण, २३ जनाको मृत्यु
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_A3DxqOYBXA_qydzohbuqx6qc3soelnfq5co1vrusc2sapiwh0wix5cuvjp9wu5xfatfdgue_rc0WBSrQ3y_bicqfkfdwtxyo171jxygaxdpb3agvkbbo5beapjhuxwgpi7boltnklxtt48i_KBqAHzumYr_bugauevmqxkps2npfc8nqhpwfag9j8yhyfieqfcbra38ilk0hsuaeztf4uk0_aJFOeJNErR_24eph9yfahrif2ljrckrpu4homorygxpefrsvfrce4rdcz8jwd0ypra00nvc.jpg)
पाकिस्तानमा मनसुनको प्रकोप : ९८ जनाको मृत्यु, १८५ भन्दा बढी घाइते

प्रतिक्रिया