कम्युनिष्टहरूबीच नयाँ आधारमा एकता सम्भव छ - विप्लव

कालिकोट - नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीले नेपालका कम्युनिष्टहरूबीच नयाँ आधारमा नयाँ एकता सम्भव रहेको बताएका छन् ।
रास्कोट नगरपालिकाले बुधबार बिहान आयोजना गरेको स्वागतपछि बोल्दै महासचिव विप्लव सीले नेपालका कम्युनिष्टहरूबीच नयाँ आधारमा नयाँ एकता सम्भव भएको बताएका हुन् ।
उनले भने,‘नेपालमा सिंगै देशको नेतृत्व कम्युनिष्ट पार्टीले गर्नु पर्छ, त्यसका लागि ठोस प्रस्तावसहित नयाँ आधारले नयाँ एकता सम्भव छ, माओवादीहरुको बिचको एकता पनि रुपान्तरण सहित सम्भव छ । नेपाललाई नयाँ ठाउँमा लिने नयाँ प्रस्ताव हुनु पर्छ । एकताको नयाँ घोषणापत्र बन्नु पर्छ, एक अर्कोमा मिल्ने होइन नयाँ आधारमा नयाँ एकता हो ।’
उनले नेपालमा दलाल पुँजीवाद प्रमुख समस्या भएको भन्दै नेपालको संकटको अग्रगामी निकास नेपाली विशेषताको समाजवाद मात्र हुने दाबी गरे ।
महासचिव विप्लवले नगर सरकारले गरेका राम्रा कामहरु प्रति धन्यवाद दिँदै समाजवादी मोडलमा काम गर्न सुझाव दिए । उनले नेपालबाट एमसीसी फर्किने कुरा नेकपाको आन्दोलनको प्रभाव भएको जिकिर गर्दै अमेरिकालाई नेकपाले एमसीसी फिर्ता लिएकोमा धन्यवाद दिए ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया