नेपाली बुहारी बनिन् बलिवुड अभिनेत्री एवं युट्युबर प्रजक्ता

काठमाडौं - बलिउड फिल्म अभिनेत्री एवं चर्चित युट्युबर प्रजक्ता कोली नेपालकी बुहारी बनेकी छन् । उनले नेपाली युवक वृशांक खनालसँग मंगलबार विवाह गरेकी हुन् ।
उनीहरूको विवाह भारतको खालापुर सहरमा रहेको पाँचतारे रिसोर्ट ओलियन्डर फार्ममा भएको हो । दुवैले विवाहका तस्वीर सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन् ।
प्रजक्ता २०२२ मा रिलिज भएको फिल्म ‘जुगजुग जियो’ मा अभिनेता वरुण धवनकी बहिनीको भूमिकामा अभिनय गरेकी थिइन् ।
उनीहरूले हिन्दू परम्पराअनुसार विवाह गरेका छन् । वृशांक र प्रजक्ता सन् २०११ देखि प्रेम सम्बन्धमा थिए । मुम्बई विश्वविद्यालयमा सँगै अध्ययन गर्ने क्रममा उनीहरूबीच चिनजान भएको थियो । वृशांक कर्पोरेट लयर हुन् ।
प्रजक्ताले भने हिन्दी फिल्म तथा वेब सिरिजमा काम गर्दै आइरहेकी छन् । उनले ‘जुगजुग जियो’सहित ‘नियत’ जस्ता फिल्म गरिसकेकी छन् । गत महिना उनी अभिनीत वेब सिरिज ‘मिसम्याच्ड-३’ नेटफ्लिक्समा रिलिज भएको थियो । उनको युट्युब च्यानल ‘मोस्टलीसेन’ निकै चर्चित रहेको छ । उनका युट्युबमा ७२ लाख भन्दा बढी सब्सक्राइबर रहेका छन् ।

मोहनलालको ‘थुडारम’ बन्यो मलयालम चलचित्रमा धेरै कमाउने तेस्रो फिल्म

‘अप्रेसन सिन्दुर’को नाममा फिल्म बनाउन बलिउडमा प्रतिस्पर्धा, ५० बढी आवेदन

‘ऊनको स्वीटर’को भव्य प्रिमियर सम्पन्न, निर्देशक भन्छन्, 'आत्मिक प्रतिक्रियालाई शब्दम…

रेड २ बन्यो यो वर्ष सबैभन्दा धेरै कमाउने चौथों बलिउड फिल्म

‘नेपाली चलचित्र स्तरिय बन्न थालेका छन्’

गायक अरजित सिंहले आफ्नाे होटल खुवाउँछन ३० रूपैयामा नै खाना

श्रद्दा कपुर बनिन बलिउडकै सबैभन्दा महंगो महिला कलाकार

प्रतिक्रिया