बङ्गलादेश र पाकिस्तानबीच सिधा व्यापार सुरु

ढाका- बङ्गलादेश र पाकिस्तानले दशकौँदेखिको तनावपूर्ण सम्बन्धपछि सरकार–सरकारबीच प्रत्यक्ष व्यापार सुरु गरेका छन् । पाकिस्तानबाट बङ्गलादेशका लागि ५० हजार टन चामल आयातसँगै दुई देशबीचको सिधा व्यापार सुरू भएको हो ।
यी दुई देश कुनै समय एउटै राष्ट्र थिए तर सन् १९७१ को क्रूर युद्धमा विभाजित भएका थिए । विभाजनपछि बङ्गलादेश भारतसँग नजिकको सम्बन्ध राख्दै आएको थियो ।
यद्यपि, लामो समयदेखि बङ्गलादेशी प्रधानमन्त्री रहेकी शेख हसिनालाई अगस्त २०२४ को क्रान्तिमा अपदस्थ गरिएको थियो, उनी हेलिकप्टरबाट आफ्ना निकट सहयोगीसहित आफ्नो पुरानो सहयोगी भारतमा पलायन भएका थिए ।
उनीविरूद्ध मानवताविरुद्धको अपराधको आरोप लागेको छ र अनुसन्धानका लागि बङ्गलादेशको अन्तरिम सरकारले सुपुर्दगी गर्न भनेको छ तर भूतपूर्व प्रधामन्त्री हसिनाले अनुरोधलाई वेवास्था गर्दै आएका छन् ।
त्यसयता भारत र बङ्गलादेशको नयाँ सरकारबीचको सम्बन्धमा चिसोपन आएको छ, जसले गर्दा इस्लामाबाद र ढाकाले बिस्तारै सम्बन्धलाई पुनः निर्माण गर्ने अनुकुलता बनेको छ ।
सन् २०२४ को नोभेम्बरमा पाकिस्तानको कराँचीबाट बङ्गलादेशको चटगाउका लागि कन्टेनर जहाज चल्न थालेपछि यी दुई देशबीच प्रत्यक्ष निजी व्यापार पुनः सुरु भएको हो । दशकौँपछि यी दुई देशबीच सिधा यात्रा गर्ने यो पहिलो मालवाहक जहाज थियो ।
“पहिलो पटक हामीले पाकिस्तानबाट ५० हजार टन चामल आयात गरेका छौँ र यो दुई देशबीचको पहिलो सरकार–सरकारबीचको सम्झौता हो,” ढाकास्थित खाद्य मन्त्रालयका वरिष्ठ अधिकारी जियाउद्दीन अहमदले मङ्गलबार भने ।
बङ्गलादेशको खाद्य महानिर्देशनालयले जनवरीमा सरकारी स्वामित्वको ट्रेडिङ कर्पोरेसन अफ पाकिस्तान (टीसीपी) सँग चामल आयातका लागि समझदारीपत्रमा हस्ताक्षर गरेको थियो ।
अहमदकाअनुसार पाकिस्तानसँगको व्यापारले ‘कूल लागतमा आपूर्तिको स्रोतहरू विकास र प्रतिस्पर्धात्मक मूल्य निर्धारणको नयाँ अवसर’ प्रदान गर्दछ । यसअघि, बङ्गलादेशले भारत, थाइल्याण्ड र भियतनामबाट मुख्य आयात गरिरहेको थियो ।
गङ्गा र ब्रह्मपुत्र नदीहरू समुद्रतर्फ बग्ने डेल्टाहरूबाट बनेको ठूलो क्षेत्र भएको जलवायु परिवर्तनको चपेटामा परेको देश बङ्गलादेशका लागि खाद्यान्न आयात महत्त्वपूर्ण छ ।
करिब १७ करोड जनसङ्ख्या भएको यो देश विशेष गरी विनाशकारी बाढी र चक्रवातको जोखिममा रहेको छ । यो जमिनमा तापक्रम बढ्दै जाँदा मात्र तीव्र हुने विपत्ति हो ।
निजी बङ्गलादेशी कम्पनीहरूले वर्षौंदेखि पाकिस्तानी चामल आयात गर्दै आएका छन्, तर पाकिस्तानी सामानहरू पहिले यात्रा गर्नुअघि सामान्यतया श्रीलङ्का, मलेसिया वा सिङ्गापुरमा फिडर जहाजहरूमा लोड गर्नुपर्थ्यो।
सन् १९४७ मा बेलायती औपनिवेशिक शासनको अन्त्यपछि उपमहाद्वीपबाट अलग्गिएका भारत र पाकिस्तानले धेरै युद्ध लडेका छन् र कटु शत्रुका रूपमा रहेका छन् । (एएफपी)

ड्रोन र मिसाइल आक्रमणको सामना गर्दै युक्रेन, अन्तर्राष्ट्रिय प्रतिबन्धको माग

गाजामा इन्धन आपूर्ति दोस्रो दिन पनि अपर्याप्त : संयुक्त राष्ट्रसंघ

एक अर्ब ३७ करोडको ब्याग, जो हालै एक जापानीले लिलामीमा लिए

डेढ वर्षमा एक लाख ५० हजार रोहिङ्ग्याले बङ्गलादेशमा शरण लिएको राष्ट्रसंघद्वारा प…

चीनले बनायो प्रतिघण्टा ६०० किमी गुड्ने म्याग्लेभ रेल

म्यान्मारको बौद्ध बिहारमा हवाई आक्रमण, २३ जनाको मृत्यु
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_A3DxqOYBXA_qydzohbuqx6qc3soelnfq5co1vrusc2sapiwh0wix5cuvjp9wu5xfatfdgue_rc0WBSrQ3y_bicqfkfdwtxyo171jxygaxdpb3agvkbbo5beapjhuxwgpi7boltnklxtt48i_KBqAHzumYr_bugauevmqxkps2npfc8nqhpwfag9j8yhyfieqfcbra38ilk0hsuaeztf4uk0_7gCYsvOKZv_gogacyqhrtbuj7rjnhmpwu7lagqpb3j9lleok0sxhqbtz5o6mkeadljtmmhx.jpg)
पाकिस्तानमा मनसुनको प्रकोप : ९८ जनाको मृत्यु, १८५ भन्दा बढी घाइते

प्रतिक्रिया