ताप्लेजुङको निषेधाज्ञा हटाइयो

ताप्लेजुङ - ताप्लेजुङमा फागुन ११ गते बिहानदेखिको निषेधाज्ञा हटाइएको छ । जिल्ला प्रशासन कार्यालयले मंगलबार सूचना निकालेर राति ११ बजेबाट लागू हुनेगरी निषेधाज्ञा हटाइएको जानकारी दिएको हो । जिल्ला सुरक्षा समितिको फागुन १३ मा बसेको बैठकको सिफारिसबमोजिम निषेध आदेश हटाइएको सूचनामा उल्लेख छ ।
प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले सदरमुकाम फुङलिङ र पाथीभराको काफ्लेपाटी क्षेत्रमा निषेध आदेश जारी गरेका थिए ।
पाथीभरा क्षेत्रमा निर्माणाधीन केबलकारको विषयमा फागुन ८ देखि 'नो केबलकार समूह' र प्रहरीबीच झडप भएको थियो । झडपको क्रममा सुरक्षाकर्मी र आन्दोलनकारीतर्फ २४ जना घाइते भएका थिए । आन्दोलनकारी तर्फका १७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

आषाढ शुक्ल पूर्णिमाः गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै

राशिफलमा यस्तो आज तपाईंको भाग्य

रसुवा बाढी : मृत्यु भएका आठ जनाको शव काठमाडौँ ल्याइयो, एक जनाको आजै अन्त्येष्…

झापामा सवारी दुर्घटनामा दुईको मृत्यु, दुई घाइते

थुनिएको म्याग्दी नदी बग्न थाल्यो

जुवातास खेलिरहेको अवस्थामा आठ जना पक्राउ

कलैया-वीरगञ्ज सार्वजनिक यातायात सेवा ठप्प

प्रतिक्रिया