नेपाल बार एसोसिएसन चुनावः डिएलएमा हालसम्म यदुनाथको मात्र दावेदारी

काठमाडौं- यही चैत्र २३ गतेबाट शुरु हुने नेपाल बार एसोसिएसनको २७ औं केन्द्रीय कार्य समितिको निर्वाचनमा प्रजातान्त्रिक कानुन व्यवसायीहरुको संस्था डिएलएभित्र वरिष्ठ अधिवक्ता यदुनाथ खनालको मात्र उम्मेदवारी परेको छ । उम्मेदवारीको टुंगो लगाउनु केही घण्टा अघि मंगलबारसम्म खनालको मात्र दावेदारी परेको हो ।
बारले बिहीबार उम्मेदवारी दर्ताको समय तोकेको छ । बारमा यसअघि जस्तै प्रगतिशिल र प्रजातान्त्रिक खेमा बन्ने देखिएको छ । प्रजातान्त्रिक खेमाभित्र एक दिन अघिसम्म पनि खनालको मात्र दावेदारी परेकाले उनको दावेदारी प्रबल रहेको देखिएको छ ।
वरिष्ठ अधिवक्ता खनाल यसअघि डिएलएको अध्यक्ष रहिसकेका छन् । आफू नेतृत्वमा रहँदा कानुन व्यवसायीहरुको क्षमता विकास, लोकतान्त्रिक पक्षधर मुद्दाहरुमा गरेको वकालत आदि कारणले आफूले संगठनबाट समर्थन प्राप्त हुने अपेक्षा गरेको खनालले बताए ।
खनाल यसअघिका बार अधिवेशनमा समेत अध्यक्षका लागि संगठनभित्र दावेदार थिए । यसपाली संगठनभित्रैबाट दबाब आएकाले आफू मैदानमा उत्रन लागेको खनालले बताए ।
डिएलएका अनुसार संगठनले मंगलबार उम्मेदवारको नाम टुंगो लगाउनेछ । अरु कसैको दावेदारी नपरेमा खनाल नै उम्मेदवार हुने डिएलए निर्वाचन तयारी समितिका एक सदस्यले बताए । अरुको पनि आकांक्षी परेमा पनि सहमतिमै नाम तय हुनेछ ।

धनगढीमा अविरल वर्षा : दुई हजार घरमा पानी पस्यो, आठ जनाको उद्धार

दरबारमार्गमा चार तलामाथिबाट खसेर दुई मजदुरको मृत्यु

सेवाग्राही नआएपछि बिहानी सेवा बन्द

कटुवा पिस्तोल र दुई थान म्याग्जिनसहित दुई पक्राउ

लुटपाटमा संलग्न पाँच जना पक्राउ

जोखिमयुक्त यात्रा गर्न बाध्य छन् धरान हरियालीका स्थानीय

कार्यक्रम व्यवस्थापन सङ्घको अध्यक्षमा राजेन्द्र लुइँटेल

प्रतिक्रिया